भाइरल पोष्ट, बलयवास ।। सर्लाहीको क्षेत्र नम्बर १ मा सोमबार एउटा सामुदायिक भवनको शिलान्यास तथा एउटा विद्यालय भवनको समुद्घाटन भएको छ ।
क्षेत्र विकास कोषको रकमबाट ईश्वरपुर नगरपालिका १ केशरगंजमा निर्माण गर्न लागिएको सामुदायिक भवन र चन्द्रनगर गाउँपालिका १ किसनपुरमा निर्माण सम्पन्न भएको जनता माध्यमि विद्यालय भवनको क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य उपेन्द्र महतोले सामुदायिक भवनको शिलान्यास तथा विद्यालय भवनको उद्घाटन गर्नु भएको हो ।
भवन शिलान्यास तथा उद्घाटन कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो, लोकतान्त्रिक समाजवादीका वरिष्ठ जिल्ला उपाध्यक्ष नागेश्वर महतोलगायतको उपस्थिति रहेको थियो ।