भाइरल पोष्ट, लालबन्दी
सर्लाहीको लालबन्दी नगरपालिकाले संघीय सरकारद्वारा चालु वर्षको बजेट भाषण मार्फत विद्यालय कर्मचारी, बाल विकास लगायतको विद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको न्यूनतम १५ हजार तलव पु¥याउने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको वडा नम्बर ८ स्थित नयाँ कार्यालय भवनमा आइतबार सम्पन्न नगरपालिकाको सातौं विशेष नगरसभाले यस्तो निर्णय गरेको हो । त्यस्तै सभाले जग्गा अधिग्रहण नियमावली समेत बनाएको छ । ऐलानी जग्गामा अव्यवस्थीत रुपमा बसोवास गर्नेहरुको जग्गा नाप जाँच गर्नेे र समयमा नसकिने तथा अत्यावश्यक पर्ने क्षेत्रमा काम गर्न योजना परिवर्तन गर्ने लगायतको निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिदै गएसँगै जिल्लास्थित पालिकाहरुले विशेष नगर र गाउँसभा राखेर योजना परिवर्तन लगायत विभिन्न निर्णयहरु गर्न छन् । यसअघि जिल्लाकै हरिवन नगरपालिकाले पनि विशेष नगरसभा गर्दै विभिन्न निर्णयहरु गरेको थियो ।