भाइरल पोष्ट, मलंगवा ।।
पौष १६ गते ।। बहुजन एकता पार्टी नेपालको जिल्ला कमिटीको विस्तारित बैठक सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
पार्टीको जिल्ला कमिटी उपाध्यक्ष देवेन्द्र रामको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष हरिनन्दन रञ्जन तथा वरिष्ठ नेता राजाराम पासवानको समुपस्थितिमा सम्पन्न बैठकले मंसीर ४ गते भएको चुनावको समीक्षा गरेको छ । चुनाव जित्न नसकेपनि स्थापनाको छोटो समयमा नै बहुजन एकता पार्टीले जनताको अपार माया र विश्वास जित्न सकेको भन्दै चुनावी नतिजा सन्तोषजनक रहेको निष्कर्षमा पुगिएको सो पार्टीका केन्द्रीय सदस्य जितेन्द्र रामले बताउनुभयो ।
वैठकले पार्टीको संगठनलाई टोलस्तर सम्म लैजाने र संगठनलाई थप मजबुत बनाउने निर्णय गर्दै लगातार पार्टी विस्तारको कार्यलाई बढाउने योजनाहरु माथी छलफल गरी निर्णय गरेको छ । त्यस्तै बैठकले पार्टीको क्षेत्रीय भेलाहरुको आयोजन, भातृ संगठनहरुको गठन, पालिका कमिटीहरुको पुनर्गठन तथा वडा एवं टोलहरुमा संगठनको विस्तार गर्दै पार्टीलाई मजवुत बनाउन द्रुत गतिमा कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ ।
दलित, आदिवासी, जनजाति एवं बंचित वर्गको नेतृत्व गर्ने पार्टीको हिसाबले जनताले पार्टीलाई स्विकार गरेको र संघर्षलाई कदर गरेको निष्कर्ष निकालिएको सो पार्टीका वरिष्ठ नेता राजाराम पासवानले बताउनुभयो ।