सोम दियाली, लालबन्दी ।।
पौष १३ गते बुधवार ।। कार्तिक १ गतेदेखि लागू हुने गरी राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को लालबन्दीमा पनि विरोध भएको छ । उद्योग वाणिज्य संघ लालबन्दीको नेतृत्वमा लालबन्दी र नवलपुरमा शान्तिपूर्ण विरोध ¥याली गर्दै यहाँका व्यापारीहरुले सो मार्गदर्शन खारेज गर्न माग गरेका हुन् ।
राष्ट्र बैंकले भदौ ५ गते सूचना जारी गर्दै कार्तिक १ गतेदेखि लागू हुने गरी गरेको चालु पूँजी सम्बन्धी मार्गदर्शन व्यापारीहरुको हितमा नभएको भन्दै त्यसको विरोध गरेको उद्योग वाणिज्य संघ लालबन्दी अध्यक्ष दिपेन्द्र बलम्पाकी मगरले बताउनुभयो । चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ ले सिर्जना गरेको जटिलता एवम् बैंक तथा वित्तिय संस्थाहरुले बढाएको चर्को व्याजदरका कारण व्यापारीहरु मारमा परेको भन्दै नीति नै खारेजीको माग गर्दै आफूहरुले शान्तिपूर्ण विरोध ¥याली गरेको अध्यक्ष बलम्पाकीले बताउनुभयो ।
व्यापारीहरु चर्को व्याजदर नियन्त्रण गर, बैंक ब्याज सिंगल डिजिट कायम गर, राष्ट्र बैंकको अव्यवहारिक नीति खारेज गर लगायतका नारा लेखिएका प्लेकार्डसहित विरोध ¥यालीमा निस्किएका थिए । उनीहरुले विहान १० बजे नवलपुर बजारमा विरोध ¥याली निकालेका थिए भने ११ बजे लालबन्दी बजारमा ¥याली गरेका थिए । ¥यालीको नेतृत्व संघका अध्यक्ष मगरसहित पूर्व अध्यक्ष कल्याण कुमार जोशी लगायतका व्यापारीहरुले गर्नुभएको थियो ।
¥यालीपछि भएको कोणसभालाई अध्यक्ष बलम्पाकी, पूर्व अध्यक्ष जोशी लगायतले सम्बोधन गर्नुभयो । शान्तिपूर्ण ¥यालीमा सुनचाँदी व्यवसायी संघ, मुद्रण व्यवसायी संघ लगायतका संघहरुले पनि ऐक्यवद्धता जनाउँदै ¥यालीमा सहभागि भएका थिए ।