प्रेमनाथ पौडेल, हरिवन ।।
पौष ९ गते ।। शेयर सदस्य उधमी नबने सम्म संस्थाको लक्ष्य र उदेश्य अनुसार समृद्धि हासिल गर्न नसक्ने हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी(कमल)ले बताउनुभएको छ ।
शनिवार सर्लाहीको हरिवनमा रहेको समृद्धी बचत तथा ऋृण सहकारी संस्थाको १५औं बार्षिक साधरण सभाको अवसरमा आफ्नो भनाई राख्दै नगर प्रमुख बुढाथोकीले यस्तो बताउनु भएको हो ।
संस्थाका अध्यक्ष ताराराज पन्त(अर्जुन ) को अध्यक्षता एवम नगरप्रमुख बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको सभामा आफ्नो धारणा राख्नुहुँदै नगर प्रमुख बुढाथोकीले जब सम्म सहकारीले बचत तथा ऋणको मात्रै कारोबार गर्छ तर सदस्यहरुको आय आर्जन र जिबिकोपार्जनमा टेवा पुर्याउन उधनशिलता उधमी साना–साना उधोगको मालिक बनाउने काम हँुदैन तब सम्म शेयर सदस्य मात्रै नभई समाज र राष्ट्र नै समृद्धिको दिशामा अगाडि नबढ्ने भएकोले त्यसतर्फ संचालक समितीलाई अघि बढ्न आग्रह गर्नुभयो ।
त्यस्तै सभामा बिशिस्ट अतिथीको रुपमा आफ्ना धारणा राख्दै नगर उपप्रमुख हरिमाया घलानले सहकारीलाई अघि बढाउन र परिवार र सन्ततीको भबिश्यको लागि सबै शेयर सदस्यहरुले थोरै थोरै भए पनि बचत गर्ने बानीको बिकाश गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै महिला दिदी बहिनी लाई सदस्य बनाएर मात्रै नभै उनीहरुलाई पनि संस्थाको नेतृत्व तहमा पुर्याउन दिदी बहिनीलाई पनि उतिकै नेतृत्व तहमा जिम्बेबारी दिनु पर्नेमा जोड दिदै संस्थाको उत्तरोत्तर प्रगतीको लागि शुभकामना ब्यक्त गर्नुभयो ।
सनराईज बोडिङ्ग स्कुलको प्राङ्गण मा भएको सभामा सस्था का कोषाध्यक्ष कृष्ण प्रसाईं ले आर्थिक बर्ष ०७८÷७९मा संस्था ले १७ करोड ५३ लाख ६७ हजार ४ सय ८ रुपैया कोकारोबार गरि ९९ लाख ३५ह जार ८१ रुपैया खुद मुनाफा गरेको जानकारी दिनुभयो । त्यस्तै सस्थाले साधरण सभाको अवसरमा असल ऋृणी, उत्कृष्ट बचत कर्ता, बालबचत कर्ता र जेष्ठ सदस्य उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई दोसल्ला र प्रशंसा पत्र एसईई मा उत्कृष्ट अंकल्याउने शेयर सदस्यका दुई सन्ततीलाई दोसल्ला नगद र स्टेश्नरी सामान प्रदानगरि सम्मान गरेको संस्था का सचिब सुरेश भट्टराईले बताउनुभयो ।
२०६५ साल कार्तिक ६ गते २५ जना सदस्यबाट बिधिबत रुपमा डिभिजन सहकारीमा संस्था दर्ता गरि कारोबार शुरु गरेको संस्थाले बचत तथा ऋृणको मात्रै कारोबार नगरी विभिन्न सामाजिक गतिबिधीमा समेत सहभागिता जनाउदै आएको संस्थालाई अब्बल दर्जामा राख्न सफल भएको छ ।
संस्थाले सस्थामा आबद्द भएका ७५ बर्ष पार गरेका र सदस्य भएको १० बर्ष पूरा गरेको सदस्य लाई मासिक ३ सय रुपैयाको दरले पेन्सन भत्ता, महिला शेयर सदस्य सुत्केरी भएमा छोरा भए १ हजार छोरी भए १२ सय रुपैया सुत्केरी खर्चको ब्यबस्था गरेको सस्थाले जनाएको छ ।
त्यस्तै प्राण घातक रोग लागि बाँच्न सफल शेयर सदस्यलाई पौष्टिक खाना खर्च बापत रु ५ हजार त्यस्तै कुनै सदस्यको मृत्यु भएमा अन्तेष्टी खर्च बापत ५ हजार दिने ब्यबस्था समेत गरेको छ यसै बिच सस्थाले अब आफ्ना सदस्य हरुको उखुको भुक्तानी समेत संस्थाबाट नै दिने ब्यबस्था, साथै मोबाईलबाटै डिसहोम ईन्टरनेट, बिधुत टेलिफोन महसुलको भुक्तानी गर्ने समेत ब्यबस्था मिलाईएको संस्थाका प्रबन्धक चिरन्जिबी भट्टराई ले जाणकारि दिनुभयो ।
सस्थाका उपाध्यक्ष डाकुरनाथ खतिवडा स्वागत रहेको सभामा ग्रामिण बचत तथा ऋृण सहकारी का अध्यक्ष सुरेन्द्र कार्की, हरिपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नानिबाबु थापा हरिवन अस्पताल डाक्टर इन्द्र्जित महतो, जिल्ला प्रसासन कार्यालयका शाखा अधिकृत राजकुमार थापा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो