भाइरल पोष्ट, हरिवन ।।
पौष २ गते ।। हरिवन नगरपालिकाकै पहिलो सहकारी संस्था हरिवन बचत तथा ऋण सहकारी संस्थाको २४औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष कृष्णा पौडेलको अध्यक्षता तथा हरिवन नगरपालिकाका मेयर रमेश कुमार बुढाथोकी(कमल) को प्रमुख आतिथ्यतामा हरिवन ८ चापिनी स्थित संस्थाको आफ्नै प्राङ्गणमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाका अवसरमा संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा झण्डै १० करोडको कारोवार गरी २५ लाख नाफा आर्जन गरेको जानकारी दिएको छ । लगभग एक हजार २ सय शेयर सदस्य रहेको हरिवन वचत तथा ऋण सहकारी संस्था विस २०५५ सालमा स्थापना भएको सहकारी हो ।
संस्थाको साधारण सभामा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, हरिवन नगरपालिकाकी संस्थापक उपमेयर रेणुका कुमारी पौडेल, संस्थाकै लेखा समिति संयोजक भरतकुमार कार्की, चुरे आधारभूत विद्यालयका अध्यक्ष दिपक उप्रेती लगायतको उपस्थिति रहेको संस्थाले जनाएको छ ।