राजु तामाङ, हरिवन
पौष २ गते ।। नेपाल मगर संघ सर्लाहीले संघको जिल्ला अधिवेशन माग २१ गते गर्ने निर्णय गरेको छ ।
संघका जिल्ला अध्यक्ष तेज नारायण आलेको अध्यक्षता तथा वरिष्ठ केन्द्रीय सदस्य ओम राना मगरको प्रमुख आतिथ्यतामा शनिबार(आज) बसेको जिल्ला कमिटीको बैठकले संघको छैंठौ जिल्ला अधिवेशन आगामी माघ २१ गते गर्ने निर्णय गरेको हो ।
जिल्लाको बागमती नगरपालिका १ मिलन चोक स्थित मगर गुम्वामा बसेको बैठकले मगर बाहुल्यता रहेको जिल्लाको बागमती, हरिवन, बरहथवा, हरिपुर, लालबन्दी र ईश्वरपुर समेत गरी ६ ओटा पालिकाको नगर अधिवेशन भने आगामी माघ १० गते भित्र सम्पन्न गर्ने निर्णय गरेको संघका जिल्ला अध्यक्ष आलेले जानकारी दिए ।
बैठकमा संघका प्रदेश सदस्य जयन्ती आले मगर, बरिष्ठ सल्लाहकार दिपक थापा मगर, लक्ष्मी थापा मगर, जिल्ला कमिटि सदस्य भरत पुलामी मगर, कृष्ण पुलामी मगर, मगर साँस्कृतिक संघ सर्लाहीकी अध्यक्ष शर्मिला रमौली मगर, जिल्ला कमिटि सदस्य उमा थापा मगर, पउल थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
सर्लाहीमा विशेष गरी जिल्लाको उत्तरी क्षेत्रमा मगर समुदायको बसोवास तथा बाहुल्यता रहेको छ । विस २०७८ को जनगणना अनुसार जिल्लामा मगरहरुको संख्या झण्डै ५६ हजार रहेको मगर संघ सर्लाहीले दाबी गरेको छ ।
मगर समुदायले हरेक वर्ष माघे संक्रान्ती, मगर दिवस लगायतका पर्वहरु सर्लाहीमा पनि हर्षोउल्लासका साथ मनाउने गरेका छन् ।