
–अर्जुन विश्वकर्मा, लालबन्दी
सभ्य समाजको पहिचान : लैङ्गिक हिंसाविरुद्धको अभियान नारा २०७९
![]()
दिलमाया हातमा “महिला हिंंसा अन्त्य गरौ”, “छोरिलाइ सम्पत्ति हैन शिक्षा देऊ” प्लेकार्ड लिएर हरेक वर्ष २५ नोभेम्वर (मंसिर ०९) देखि डिसेम्वर १० (मंसिर २४) सम्म मनाइने लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियानको विभिन्न कार्यक्रम सकेर घरको संघार मात्र के टेकेकी थिइन् टेक बहादुर (दिलमाया कि श्रीमान) मुख भरि पराग हालि प्रत्येक शब्दमा परागका धुलो मिसिएका श्वास, रक्सिको नशामा लरखराएको स्वरमा तथानाम गालि गर्दै प्लेकार्ड कै वाँसको कप्टेरोले पिठ्युमा बजार्छन् ।
महिला भएकै कारण व्यक्ति, परिवार र समाजबाट विभिन्न खालका हिंसा भइनै रहेको प्रशस्त भेटिन्छ । माथिल्लो तहमा महिलाको पक्षमा विभिन्न प्रभावकारि नीति बनेको भएता पनि कार्यान्यनको पक्ष फितलो र न्यायोचित फैसला नहुँदा पीडित निरास भएको सहजै देख्न सकिन्छ, जसले गर्दा समाजमा महिलाप्रति हुने हिंसा बढ्दो रुपमा गइरहेको छ । महिलामा हुने शारीरिक, मानसिक, भावनात्मक, संवेगात्मक हरेक किसिमबाट सामान्य परिवार देखि माथिल्ला सभ्य र शिक्षित भनिएका परिवारमा पनि व्याप्त रहेको छ । पछिल्लो चरणमा महिला हिंसाका घट्ना पहिलाको भन्दा रुप फेरिएर घट्ने गरेका देखिन्छ । महिला हिंसा हुनुमा राज्य तथा कानून उदासिन हुनु, महिला परनिर्भर रहनु राजनैतिक संरक्षण र महिलाप्रति समाजमा हेरिने दृष्टिकोण फरक हुनु मूलकारण हुन् ।
यो त हाम्रो समाजको प्रतिािधि घट्ना मात्र हो । दिलमाया जस्ति कैयन महिला दिदी बहिनीहरु हिंसामा परि रहेको दैनिक जसो देख्न र सुन्न पाइन्छ । महिला भएकै कारण व्यक्ति, परिवार र समाजबाट विभिन्न खालका हिंसा भइनै रहेको प्रशस्त भेटिन्छ । माथिल्लो तहमा महिलाको पक्षमा विभिन्न प्रभावकारि नीति बनेको भएता पनि कार्यान्यनको पक्ष फितलो र न्यायोचित फैसला नहुँदा पीडित निरास भएको सहजै देख्न सकिन्छ, जसले गर्दा समाजमा महिलाप्रति हुने हिंसा बढ्दो रुपमा गइरहेको छ । महिलामा हुने शारीरिक, मानसिक, भावनात्मक, संवेगात्मक हरेक किसिमबाट सामान्य परिवार देखि माथिल्ला सभ्य र शिक्षित भनिएका परिवारमा पनि व्याप्त रहेको छ । पछिल्लो चरणमा महिला हिंसाका घट्ना पहिलाको भन्दा रुप फेरिएर घट्ने गरेका देखिन्छ । महिला हिंसा हुनुमा राज्य तथा कानून उदासिन हुनु, महिला परनिर्भर रहनु राजनैतिक संरक्षण र महिलाप्रति समाजमा हेरिने दृष्टिकोण फरक हुनु मूलकारण हुन् ।
वर्ष भरिनै महिला हिंसाका घट्नाहरु घट्ने र ठूला ठूला वहस,पैरवी र अभियानका प्रयासहरु भएता पनि पिडित पक्षहरुले चित्त बुझ्दो न्याय नपाएको गुनासो रहिनै रहेको छ । यस्ता खाल्का महिला माथि हुने गरेका हिंसाको अत्यका लागि धेरै प्रयासहरु नभएका पनि हैनन् हिंसा अन्त्यका कदमी प्रयास भएका छन् र लैङ्गिक हिंसा अन्त्यका लागि सन् १९९१ देखि नै विश्वव्यापिरुपमा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन हुँदै आइरहेको छ भने नेपालमा वि.सं.२०५४ साल देखि यस अभियान विभिन्न कार्यक्रमहरु गर्दै औपचारिक रुपमा मनाईने गरिन्छ । तेसो त योगमाया लगाएत ६८ महिला अधिकारकर्मीले अधिकारको लागि तत्कालिन सरकाले सुनवाइ नगरे पछि १९९८ असार २२ मा आफू सहित अरुण नदिमा सामुहिक देहत्याग गर्नु भएको थियो । त्यस घट्नाबाट पनि प्रस्ट हुन्छ कि आफ्नो अधिकारको लागि कति संघर्षरत छन् महिला दिदी बहिनीहरु । नेपालमा मात्र हैन विश्वभरि नै महिला हिंसाको घट्ना हुने गरेको र घट्ना अन्त्यको प्रयासहरु भएका छन् ।
१६ दिने अभिया के हो त ?
अमेरिकाकोे डामेनिकन गणराज्यमा तत्कालिन त्रिजुलो सरकारले महिला प्रति अमानवीय,क्रुर र विभिन्न हिंसाहरु गर्दथे । हिंसा÷सरकारको विरोधमा आवज उठाउन कसैको पनि हिम्मत थिएन यो कुरा मिरावल परिवारका एकै घरका ३ साहसि दिदी वहिनी (पेट्रिया, मिनर्वा र मारिया) लाई सह्य भएन र विशाल सभाको आयोजना गरि महिलालाई कुनै पनि हिंसा गरिनु हुन्न यदि गरियो भने सह्य नहुने भन्दै सभामा सम्बोधन गरिरहँदा त्यहाका तत्कालिन त्रिजुलो सरकारे गिरफ्तार गरि सन् १९६० २५ नोभेम्वर देखि डिसेम्वर १० बिचमा निर्ममतापूर्वक ३ दिदी बहिनीको सामुहिक हत्या गरेएको थियो । हत्या पश्चात सबै महिला पुरुषहरु लिङ्गका आधारमा राज्यले गरेको हिंसाको विरोधमा आन्दोलित भई सरकार ढालेर छोडे । विरोधमा महिला लागाएत पुरुषहरुले हिंसा अन्त्यको प्रतिवद्धता र ३ दिदी बहिनीको संमmना र सम्मान स्वरुप सेतो रिवन हातमा बाँधेर प्रत्येक वर्ष २५ नोभेम्वर (मंसिर ०९) देखि डिसेम्वर १० (मंसिर २४) सम्म लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि मनाउन थालिएको हो । जुन प्रत्येक वर्ष सेतो रिवन बाँधेर हिंसाको अत्यका लागि १६ दिने अभियान विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।
(लेखक लामो समय सामाजिक अभियन्ता र महिला अधिकारको क्षेत्रमा सक्रिय रही हाल शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । )