भाइरल पोष्ट, बरहथवा ।।
मंसीर २० गते ।। छिमेकी देश भारतका संविधान निर्माता तथा दलित समुदायका आदर्शपुरुष डा.भिमराव अम्बेडकरको महापरिनिर्वाण दिवस आज सर्लाहीमा बहुजन एकता पार्टीले भव्य रुपमा पनि मनाइएको छ ।
जिल्लाको बरहथवामा सो पार्टीका केन्द्रिय वरिष्ठ नेता राजाराम पासवानको अध्यक्षतामा डा.अम्बेडकरको परिनिर्वाण दिवस मनाइएको हो ।
कार्यक्रमलाई सो पार्टीका केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनले संबोधन गर्दै बहुजन एकता पार्टी नेपाल बैचारिक रुपमा जित प्राप्त गरेको हुँदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी भइ पार्टीलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद दिए । अध्यक्ष रन्जनले भने, ‘वोट दिनेलाई धन्यवाद न दिनेलाई पनि धन्यवाद छ, हामी वहाँहरु सबै संग पुनः भेटघाट गरि पार्टीको बिचार बारे अन्तरक्रिया गर्ने छौं ।’
बोधिसत्व डा.अंबेडकरलाई श्रद्धाञ्जली दिन पार्टीका केन्द्रिय सदस्य जितेन्द्र राम, यसोदा तिमिल्सिना, शुबलाल राम, बिरेन्द्र राम लगायतका नेताहरु सहभागी थिए । कार्यक्रमको संचालन जिल्ला सदस्य बैधनाथ रामले गर्नुभएको थियो । सम्यक संगित कलाका तर्फबाट अध्यक्ष उदय सहनी, सकुर भाट, संजय सावरियाँ, दिपेन्द्र महतो लगायतका कलाकारहरु समेत बाबासाहबलाई श्रद्धाञ्जली दिएका हुन ।