भाइरल पोष्ट, हरिवन ।।
मंसीर २० गते ।। सर्लाहीको हरिवनमा महिला हिंसाका विषयमा महिलाहरुलाई भेला गराई अभिमुखिकरण गरिएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको ११औं दिन आज हरिवन नगरपालिका ११ का वडाअध्यक्ष शेख मेहवुव रेजाको अध्यक्षता तथा उपमेयर एवम् न्यायिक समिति संयोजक हरिमाया घलानको प्रमुख आतिथ्यतामा वडा कार्यालयमै अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
मंसीर ९ अर्थात नोभेम्बर २५ देखि सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हरिवनमा विभिन्न कार्यक्रमहरुको आयोजना भइरहेको छ । जस अन्तर्गत आज वडा नम्बर ११ को वडा कार्यालयमा वडा नम्बर ७, १० र ११ का महिलाहरुलाई सहभागि गराई महिला हिंसा सम्बन्धी कानूनी प्रावधानहरुबारे सचेतना गराईएको हो ।
कार्यक्रममा सहभागिहरुलाई हरिवन नगरपालिकाको महिला तथा बालबालिका शाखाकी निरीक्षक पुनम हुमागाई, ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक मुकेश ताम्राकारले सहजीकरण गर्नुभएको थियो ।
‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारासहित यो वर्ष पनि हरिवनसहित देशैभर महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइदैछ ।