भाइरल पोष्ट, लालबन्दी ।।
मंसीर २० गते ।। स्वर्गिय गजेन्द्रनारायण स्मृति पत्रकारिता पुरस्कारबाट सर्लाहीका क्रियाशिल पत्रकार जनार्जन खत्री सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ११औं साधारणसभाका अवसरमा जिल्लाको पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै खत्रीलाई १५ हजार ५५५ रुपैयाँ राशिको पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश कमिटी उपाध्यक्ष विश्वनाथ ठाकुरले कोरोनाका कारण रोकिएको गजेन्द्रनारायण सिंह स्मृति पत्रकारीता पुस्कार जिल्लाका पत्रकार जनार्जन खत्रीलाई प्रदान गर्न पाउँदा खुशि लागेको बताए ।
खत्री झण्डै एक दशक यतादेखि पत्रकारितामा सक्रिय छन् । उनी गोरखापत्र दैनिकका सर्लाही रिपोर्टर हुन भने सामुदायिक रेडियो एकताका समाचार सम्योजक समेत हुन् ।