भाइरल पोष्ट, हरिपूर्वा ।।
मंसीर १९ गते ।। हरिपुर्वा नगर बाल सञ्जालद्वारा बाल बिवाह विरुद्धको सडक नाटक पालिका चौक अगाडी प्रदर्शन गरिएको छ । ग्लष्त ब्अतष्खष्कm तय भलम खष्यभिलअभ बनबष्लकत ध्यmभल बलम न्ष्चकि भन्ने मूल नाराका साथ विश्वव्यापीरुपमा मनाउँदै आएको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्र्तगत “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने नाराका साथ देश व्यापीरुपमा नेपालमा पनि २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म प्रत्येक वर्ष मनाउँदै आईरहेको छ । यसै सन्दर्भमा नगर बाल सञ्जालद्वारा आज बाल बिवाह बिरुद्धको सडक नाटक प्रदर्शन गरिएको हो ।
हरिपुर्वामा बाल बिवाह मुख्य सामाजिक समस्या भएकोले यसलाई न्यूनीकरण गर्न बालबालिकाहरुको पनि केही भूमिका रहने तथा बाल बिवाहबाट, बालबालिका, घरपरिवार समाज, राष्ट्र सबैलाई असर पुग्ने भएकोले सडक नाटक मार्फत सचेतना कार्यक्रम गरिएको हरिपुर्वा नगर बाल सञ्जालका अध्यक्ष अंगेश साहले बताउनु भएको हो ।
हरिपुर्वा नगर पालिकाका प्रशासकीय अधिकृत कुमार परियार भन्नु हुन्छ,“ भाइबहिनीहरुको मार्फत आज यो सडक नाटक हेरे पछि हामीहरुले बाल क्लब र बाल सञ्जाल गठन गरिदिएको सार्थक महशूस भएको छ, हाम्रा बालबालिकाहरुलाई धेरै बधाई छ ।”
हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद साह भन्नु हुन्छ,“ हाम्रो पालिकाको मुख्य समस्या बालबिवाह विरुद्धको सडक नगर बाल सञ्जालद्वारा गरिएको प्रदर्शन बेजोड थियो । पक्कै पनि यस्तो सचेतना कार्यक्रम मार्फत बाल बिवाह न्यूनीकरण गर्न मद्दत मिल्छ यसमा हरिपुर्वा नगरपालिकाको पनि एक्यबद्धता तथा साथ सहयोग रहेने छ ।”
यस्ता सचेतनामूलक सडक पालिकाको विभिन्न गाउँटोलमा प्रदर्शन गरेको सबै तह तप्काका मानिसहरुलाई सचेत गर्नु पर्ने नगरपालिकाको वडा अध्यक्षहरुको अनुरोध समेत रहेको थियो ।
हरिपुर्वा नगरपालिको समन्वय रहेको कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग बागमती सेवा समाज नेपाल र वल्र्ड भिजन इन्टरनेसनल नेपालले गरेको थियो ।