भाइरल पोष्ट, हरिवन ।।
मंसीर ९ गते ।। मंसीर ४ गते आईतबार देशभर सम्पन्न संघ र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा धमाधम आइरहेका छन् । कतिपय जिल्लाको मतगणना सम्पन्न भईसकेका छन् भने केही जिल्लामा मतगणना नै हुन सकेको छैन ।
सर्लाहीमा मतदान सम्पन्न भएको भोलिपल्टै मंसीर ५ गतेबाट मतगणना सुरु भएको भएपनि अहिले सम्म संघमा तीन र प्रदेशमा सात स्थानको नतिजा सार्वजनिक भएको छ ।
संघका ४ ओटा निर्वाचन क्षेत्र र प्रदेशमा ८ ओटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा एक प्रतिनिधि सभा र एक प्रदेश सभा तर्फको मतगणना भैरहेको छ । जिल्लाको क्षेत्र नम्बर २ मा संघ र पदेशसभा सदस्यको मत गणना चलिरहेको हो ।
प्राप्त विवरणहरु अनुसार सर्लाही क्षेत्र नं. १ मा सत्ता गठबन्धनको प्यानल नै विजय भएको छ भने क्षेत्र नं. ३ मा एमाले जसपा गठबन्धनका उम्मेदवार र क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार विजयी भएका छन । ७ वटा प्रदेश सभा मध्ये क्षेत्र नं. १ र ४ मा सता गठबन्धनका उम्मेदवार विजयी भएका छन भने क्षेत्र नं. ३ मा स्वतन्त्र र एमाले जसपा गठबन्धनका उम्मेदवार विजयी भएका छन । यसैगरी क्षेत्र नं. २ मा सता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन ।
सर्लाही क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धन दलका उम्मेदवार रामप्रकाश चौधरी प्यानल सहित विजयी हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट चुनाव लड्नु भएका चौधरीले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई हजार ४ सय ३४ मतले पछि पर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।चौधरीले २४ हजार ८३८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी खड्काले १८४०४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका उम्मेदवार प्रमोद सहा तेस्रो स्थान रहुनुभयो। साह त्यसै क्षेत्रका निवर्तमान संसद हुनुहुन्छ ।यसैगरी सत्ता गठबन्धन दलकै मधेस प्रदेश सदस्यमा उपेन्द्र महतो र वेची लुंगेली निर्वाचित हुनु भएको छ ।
प्रतिनिधि सभा सदस्यमा सर्लाही क्षेत्र नं. ४ बाट डा.अमरेश कुमार सिंह निर्वाचित हुनुभएको छ ।स्वतन्त्र उम्मेदवार डा. सिंहले २००१७ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका बागी उम्मेदार सिंहले नेपाली कांग्रसकै उम्मेदवार नागेन्द्र कुमार रायलाई १७६४ मतान्तरले पराजित गर्नुएभएको छ । रायले १८२५३ मत प्राप्त गर्नुभएको क्षेत्र नं. ४ को निर्वाचन अधिकृत शम्भु बरालले जानकारी दिनुभयो । सत्ता गठबन्धन बाट प्रतिनिधि सभामा टिकट नपाएपछि डा. सिंहले माछा चुनाव चिन्ह लिएर चुनावी प्रतिस्प्र्धामा उत्रिएका थिए । यसैगरी संविधान सभा सदस्य शिवपुजन रायको छोरी स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४६२२ मत प्राप्त गरी तेश्रो स्थान प्राप्त गरेकी छन ।
यसैगरी सर्लाही क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार हरि प्रसाद उप्रेतीले सता गठबन्धनका उम्म्ेदवारलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । उप्रेतीले ३२९३८ मत ल्याएर विजयी हुनुभयएको छ । उहाको निकटम प्रतिद्धन्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साह कलवारले ३२१६८ मत प्राप्त गर्नुभयो । उप्रेतीले कलवारलाई ७७० मतान्तरले पराजित गरि निर्वाचित हुनु भएको छ । उप्रेती यस अघि २०७० मा संविधान सभा सदस्यमा पनि निर्वाचित भएको थियो । उप्रेती नायक निखिल उप्रेतीका दाई हुन । यसैगरी जनमत पार्टीका उम्मेदवार त्रिभुवन कुमार सिंहले ५५१९ मत प्राप्त गर्नुभयो ।
सर्लाहीमा ८ प्रदेश सभा सदस्य मध्ये ७ वटा प्रदेश सभाको नतिजा सार्वजनिक भएको छ । क्षेत्र नं. १ र ४ मा सता गठबन्धनका उम्मेदवार विजयी भएका छन भने क्षेत्र नं. ३ मा स्वतन्त्र र एमाले जसपा गठबन्धनका उम्मेदवार विजयी भएका छन । यसैगरी क्षेत्र नं. २ मा सता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन ।
सर्लाही क्षेत्र नं. १ प्रदेश सभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र महतो २ हजार बढि मतान्तरले विजयी भएको छ । बुधवार प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार महतोले २ हजार १ सय २८ मतान्तरले विजयी हुनु भएका छन ।महतोले १२२६५ मत प्राप्त गरेका छन भने महतोका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र सिंह कुशवाहाले १०१३७ मत प्राप्त गर्नुभएको छ ।कुशवाहा र महतो बिच मित्रबद्ध प्रतिस्पर्धामा रहेका थिए ।
सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वेची लुंगेली विजयी हुनुभएको छ । लुगेली १३ हजार ६७६ मत ल्याएर प्रदेशसभा सदस्यमा लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९७७ मत प्राप्त गर्नुभएको छ । लामालाई ६ हजार ६९९ मतले पछि पार्नुभएको हो । त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ९४५ मत प्राप्त गर्नुभएको छ।
सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार बिरेन्द्र प्रसाद सिंह पुनः विजयी भएको छ । आज बिहान प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार सिंह १५६९३ मत ल्याएर विजयी भएका छन । सिंहको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले १४६१६ मत प्राप्त गर्नुभएको छ ।सिंहले रायलाई पराजित गर्दै पुनः मधेस प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। यसैगरी जनमत पार्टीका उम्मेदवार प्रमोद कुमार रायले २३८८ मत मात्र प्राप्त गर्नुभयो ।
सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएको छ ।आज रातिअबेरसम्म प्रदेश सभा (ख) को सम्पन्न मतगणना अनुसार महतो ८०३३ मत ल्याएर विजयी भएका छन । महतोको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवी यादव ७६७६ मत प्राप्त गर्नुभएको छ ।महतोले यादवलाई ३५७ मतको अन्तरले पराजित गर्दै मधेस प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ।
सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (क) मा जेब्रा चुनाव चिन्हबाट जवाहरलाल कुशवाहा विजयी भएको छ । बिहिवार प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार कुशवाहाले १६५९१ मत प्राप्त गरि विजयी भएका छन । उहाको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेश प्रसाद प्रसाईंले १५१६६ मत प्राप्त गर्नुभएको छ ।कुशवाहा नेपाली कांग्रेस पार्टी परित्याग गरि नेकपा माओवादीमा प्रवेश गरेका थिए । सता गठबन्धनले समाजवादी नेता दिल्ली उप्रेतीलाई प्रदेश सभाका टिकट दिएपछि कुशवाहाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।कुशवाहाले एमालेका उम्मेदवार प्रसाईंलाई १४२५ मतान्तरले पराजित गर्नुभएको छ।प्रसाईं हरिवन नगरपालिकाको पुर्व मेयर हुनुहुन्छ । नगर प्रमुखमा पराजित भएका प्रसाईं मधेश प्रदेश सदस्यमा पनि पराजित हुनुभएको छ ।
सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (ख) मा जन्ता समाजवादी पार्टीका उम्मेदवार संजय कुमार यादव विजयी भएको छ । बुधवार राती प्रदेश सभा (ख) को सम्पन्न मतगणना अनुसार यादव १३ हजार २ सय ४७ मत प्राप्त गरि विजयी भएका छन । उहाको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सरोज राय लालटिन चुनाव चिन्ह बाट ८ हजार ३ सय ४८ मत प्राप्त गर्नुभएको छ ।यादव पुःन दोस्रो कार्यकालको लागि मधेस प्रदेश सभामा निर्वाचित हुनुभएको छ ।
सर्लाही क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार जंगीलाल राय निर्वाचित हुनुभएको छ ।निर्वाचित रायले ८२९० मत प्राप्त गर्नुभएको छ । रायको निकटत्म प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुनिल कुमार साहले ७२१४ मत प्राप्त गर्नुभएको छ ।रायले २०७६ मतान्तरले साहलाई पराजित गरी विजयी हुनुभएको छ । निर्वाचित रायलाई सता गठबन्धनका आधिकारिक उम्मेदवारलाई नसघाएको भन्दै नेपाली कांग्रेसले साधारण सदस्यता नरहने गरी कार्वाही समेत गरेको थियो ।मधेश प्रदेश सभा सदस्य राय नेकपा माओवादी चुनाव चिन्ह लिएर प्रतिनिधि सभाका उम्मेदवार महिन्द्र राय यादव सँग मित्रबध प्रतिस्पर्धा गरिरहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोको प्यानल बाट निर्वाचित हुनुभएको छ ।