भाइरल पोष्ट, हरिवन ।।
मंसीर ८ गते ।। सर्लाही क्षेत्र नम्बर ३ को (क) मा जनता समाजवादी पार्टीका संजय कुमार यादव विजयी हुनुभएको छ ।
आफ्ना निकटतम प्रतिष्पर्धी स्वतन्त्र उमेदवार सरोज कुमार रायलाई पराजित गर्दै यादव दोश्रो कार्यकालका लागि प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
एमाले–जसपा गठबन्धनका साझा उमेदवार हुनुभएका यादवले १३ हजार १९० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उमेदवार सरोज रायले ८ हजार ३ सय ४८ मत प्राप्त गर्नुभयो । यादवले रायले भन्दा ८ हजार ८४२ मत बढी ल्याउनुभयो ।
यो क्षेत्रमा यादवको प्रतिष्पर्धा पाँच दलीय गठबन्धनका साझा उमेदवार संविधानसभा सदस्य काँग्रेस नेता हरेस महतोसँग हुने अनुमान गरिएपनि महतो भने तेश्रो हुनुभएको छ । उहाँ उपविजेताभन्दा ३ सय १३ मतले पछि पर्नुभएको हो ।