भाइरल पोष्ट, लालबन्दी ।।
मंसीर ८ गते ।। सर्लाहीको क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार उपेन्द्र महतो विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार माओवादी केन्द्रका उमेदवार रामचन्द्रसिंह कुशवाहालाई पराजित गर्दै महतो दोश्रो कार्यकालका लागि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
पाँच दलीय गठबन्धनका साझा उमेदवार भएपनि माओवादी केन्द्रसँग भने महतोको मित्रवत प्रतिष्पर्धा रहेको थियो । महतोले १२ हजार २६५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी कुशवाहाले १० हजार १३७ मत प्राप्त गर्नुभयो ।
प्रदेशसभा सदस्यमा विजयी महतो राजेन्द्र महतोका भतिज तथा चन्द्रनगर गाउँपालिकाका पूर्व अध्यक्षका सुपुत्र हुनुहुन्छ ।