भाइरल पोष्ट, गोडैता ।।
मंसीर ८ गते ।। सर्लाही क्षेत्र नं. ४ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार बिरेन्द्र प्रसाद सिंह विजयी हुनुभएको छ ।
आज बिहान प्रदेश सभा (क) को सम्पन्न मतगणना अनुसार मधेश प्रदेशको यूवा महिला तथा बालबालिका मन्त्री समेत भई सक्नुभएका सिंह प्रदेशसभा सदस्यमा दोश्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सिंहले आफ्ना प्रतिद्वन्दीलाई १ हजार ७७ मतान्तरले पराजित गर्नुभएको हो । सिंहले १५ हजार ६९३ मत प्राप्त गर्नुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले १४ हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।