भाइरल पोष्ट, गोडैता ।।
मंसिर ८ गते ।। सर्लाही क्षेत्र नम्बर ४ प्रदेश सभा (ख) मा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो विजयी भएका छन् ।
निकटतम प्रतिष्पर्धी अनितादेवी यादवलाई ३५७ मत अन्तरले पराजित गर्दै महतो विजयी हुनुभएको हो । महतो पाँच दलीय गठबन्धनका साझा उमेदवार हुनुहुन्छ । गएराति अवेर सम्पन्न प्रदेश सभा (ख) को मतगणना अनुसार महतोले ८ हजार ३३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी स्वतन्त्र उमेदवार यादवले ७६७६ मत प्राप्त गर्नुभयो ।
महतो माओवादी केन्द्रका आधिकारीक उमेदवार हुनुहुन्छ । यादव वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेयरको प्रत्यासी हुनुहुन्थ्यो । मेयरमा पराजित हुनुभएका उहाँ प्रदेशसभा सदस्यमा पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव लड्नु भएको थियो ।