भाइरल पोष्ट, लालबन्दी ।।
कार्तिक २८ गते ।। चर्चित भागवत वाचिका भागवत मञ्जरी राधिका दासीजी महाराज सर्लाहीको लालबन्दी आउनुहुने भएको छ ।
लालबन्दी नगरपालिका ५ डाँडाटोलस्थित निर्माणाधिन बाबा विश्वकर्मा सन्यास आश्रम परिसरमा मंसिर १० गते देखि १६ गते सम्म आयोजना हुन लागेको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा प्रमुख बाचकको रुपमा दासीजी महाराज लालबन्दी आउन लाग्नुभएको हो ।
दासीजी पहिलो पटक सर्लाही आउन लाग्नु भएको आयोजक बाबा विश्वकर्मा सन्यास आश्रम समितिले जनाएको छ । समितिका अनुसार दासीले कथा बाचन गर्नु हुने सप्ताह महायज्ञको तयारी तिब्र पारिएको छ । समितिले महायज्ञको तयारीका लागि विभिन्न ९ ओटा उपसमिति बनाएर तयारी अघि बढाएको समितिका अध्यक्ष विष्णु विश्वकर्माले जानकारी दिनुभयो ।
आश्रम समितिका अध्यक्ष विश्वकर्माका अनुसार महायज्ञ मंसीर १० गते विहान ९ बजे कलश शोभा यात्राबाट सुभारम्भ हुनेछ । त्यस्तै पुजन कार्य प्रत्येक दिन विहान ७ बजेदेखि ९ बजे सम्म हुनेछ । मंसिर १५ गते लक्ष्यदीप प्रज्वलन गरी १६ गते समापन गरिनेछ ।
उहाँले त्यहाँ निर्माणधिन बाबा विश्वकर्मा सन्यास आश्रम निर्माण तथा निकट भविष्यमै त्यहाँ गुरुकुल सञ्चालन गर्ने उदेश्य हेतु महायज्ञ आयोजना गर्न लागिएकोले महायज्ञमा सहभागि भई कथा श्रवण गर्न सबैलाई आग्रह गर्नुभयो ।
महायज्ञको तयारी स्वरुप अहिले प्रचार प्रसारको काम तिब्र पारिएको आयोजक समितिका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।