भाईरल पोष्ट, हरिवन ।।
कार्तिक २३ गते ।। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रबि लामिछानेले आज सर्लाहीका मतदातासँग भोट मागेका छन् ।
एका विहानै सर्लाही आई पुगेका लामिछानेले विहान सदरमुकाम मलंगवामा चुनावी सभालाई सम्बोधन गरेका थिए भने त्यस लगतै जिल्लाकै दोश्रो सदरमुकामको रुपमा चिनिएको हरिवन बजारमा चुनावी कोण सभालाई सम्बोधन गरेका हुन् ।
चुनावी कोण सभालाई सम्बोधन गर्दै पूर्व टिभी पत्रकार समेत रहेका अध्यक्ष लामिछानेले भ्रष्टाचार र लुटतन्त्रको अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई घण्टी छापमा भोट दिएर जिताउन सर्लाहीका मतदातालाई आग्रह गरे ।
हरिवनस्थित कार्की पुस्तक पसल तथा स्पोटर्स सेन्टर अगाडि भएको चुनावी सभामा अध्यक्ष लामिछानेले पटक पटक लालपूर्जा, सामाजिक सुरक्षाभत्ताको नाउँमा पुराना नेताहरुले भोट लिई रहेको बताए । उनले पटक पटक यो गर्छु त्यो गर्छु भनेर भोट माग्ने र जिते पछि केही पनि नगर्ने गरेको कारण लाखौं यूवा विदेशमा श्रम बेच्न बाध्य हुनु परेको अध्यक्ष लामिछानेले बताए । उनले आफू र आफ्नो पार्टीलाई भोट दिएर जिताए अहिले सम्म नभएका र कसैले पनि नगरेका परिवर्तन गरेर देखाउने प्रतिवद्धता जनाए । उनले आफ्नो पार्टीले देश बनाउने सपना बाढेको न कि रक्सि, मासु पैसा बाढ्ने आश्वासन नदिएको बतए । उनले आफूले पुरना दलहरुले भन्दा फरक ढंगले नेपालमा परिवर्तन गर्न चाहेको बताए ।
हरिवनमा सम्बोधन गर्दै उनले सर्लाही क्षेत्र नम्बर ३ बाट यूवा उमेदवार पञ्च बहादुर सिङतानलाई आफ्नो पार्टीले उमेदवार बनाएकोले जिताएर पठाउन क्षेत्र नम्बर ३ बासीसँग आग्रह गरे ।
रवि लामिछाने आउने खबर पाएका सर्लाहीवासीले रविको भाषणमा तालि बजाउँदै कार्यक्रममा उत्साह थपेका थिए । उनको सम्बोधन पश्चात उनीसँग फोटो र सेल्फी खिच्नेहरुको लाम लागेको थियो । उनलाई सर्लाहीवासीले मंसीर ४ गते हुने चुनावमा जितेर देश बदल्न शुभकामना दिएका थिए ।
कार्यक्रममा सो पार्टीका मधेश प्रदेश संयोजक, सर्लाही क्षेत्र नम्बर ३ का उमेदवार पञ्च लामा, २ का उमेदवार जयकरण महतो लगायतको उपस्थिति रहेको थियो ।