भाइरल पोष्ट, हरिवन
कार्तिक २२ गते ।। चर्चित पूर्व टिभी पत्रकार एव हाल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार सर्लाही आउनुहुने भएको छ ।
मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रलाइ सम्वोधन गर्न लामिछाने सर्लाही सदरमुकाम मलंगवा आउन लाग्नुभएको सो पार्टीले जानकारी दिएको छ । पार्टी दर्ता पछि केही महिना अघि सर्लाही आउनु भएको लामिछाने चुनावी कार्यक्रम लिएर दोश्रो पटक सर्लाही आउन लाग्नु भएको हो ।
‘यसपालि भोटको घण्टी जन्ताको कानमा बज्नु पर्छ, भरष्टचारको बेथिति खोल्नु पर्छ, भन्ने मुल नाराका साथ सदरमुकाम मलंगवा नगरपालिका वडा न–१० मा रहेको तिनबिघे मैदानमा सो पार्टिको जिल्ला कमिटिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न लामिछाने सर्लाही आउनु लाग्नुभएको सो पार्टीबाट सर्लाही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उमेदवार बन्नुभएका युवा नेता पञ्च बहादुर सिङ्तानले जानकारी दिनुभयो ।
सिङतानका अनुसार कात्तिक २३ गते बुधबार बिहान ७ बजे लामिछानेले मलंगवामा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । कार्यक्रममा जिल्लाभरीबाट करिब १० हजार समर्थकहरुको उपस्थित रहने सो पार्टीले दाबी गरेको छ ।