प्रेमनाथ पौडेल, हरिवन ।।
कार्तिक २० गते ।। सहकारीले शेयर सदस्य बिच बचत र ऋृणको मात्रै कारोबार नगरी उनीहरुलाई उधमी बनाउन सक्नु पर्ने हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल )ले बताउनु भएकोछ ।
शनिवार जिल्लाको हरिवन बजारमा रहेको सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाको १२औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगरप्रमुख बुढाथोकिले यस्तो बताउनुभएको हो ।
सहकारीले आफ्ना शेयर सदस्यको आयआर्जन जिबिकोपार्जन र जिबनस्तर माथी उठाउन बचत रकम र शेयरपुजि रकमलाई बृद्दी गर्दै स–सना भएका सहकारीलाई समेत एकीकरणको दिशा ल्याउन ल्याउन शेयर सदस्यहरुलाई उदेश्य अनुसार उधमशिलताको तालिम प्रदान गर्दै उधमी बनाउन, ऋणको सहि सदुपयोग भए नभएको तर्फ निगरानी गर्न सके मात्रै सहकारी ले फड्को मार्ने भएकोले त्यसतर्फ संचालक समितीलाई ध्यान दिनु पर्ने बताउनु भएकोछ ।
यस्तै ऋण लाने सदस्यले पनि ऋृण माग गर्दाको उदेश्य अनुसार सहि प्रयोगमा खर्च गर्न सके मात्र सदस्यको जीवनस्तर माथी उक्सने नत्र ऋृणले अझ गरिबी बनाउने प्रमुख बुढाथोकीको भनाई थियो ।
त्यस्तै सहकारीको उदेश्य अनुसार सदस्यहरुले सहकार्य गरि अघि बढेमा संस्थाको मात्रै नभएर सदस्यहरुको पनि बृतिबिकाश हुनु को साथै जीवनस्तर आय आर्जन मा टेवा पुर्याउन सकिने नगर उपप्रमुख हरिमाया घलानको भनाई थियो ।
संस्थाकि कार्य समिती सदस्य चन्दकला खडकाको स्वागत मन्तब्य रहेको सभामा संस्थाका सचिब खडगराज बरालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु हुँदै आर्थिक बर्ष २०७८÷७९ मा संस्था ले २४ करोड ८४ लाख २५ हजार ४सय ९३ रुपैयाको कारोबार गरि १करोड १० लाख ७१ हजार २ सय ८७ रुपैया खुद मुनाफा गरेको जानकारी दिनुभयो ।
संस्थाका अध्यक्षमोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडाअध्यक्ष कोकिलानन्द उप्रेती, ग्रामिण स्वयम् सेवक समाजका अध्यक्ष दधिराम पौडेल लगायतले सहकारीको मूल्य मान्याताको बारेमा धारणा राख्नु भएको संस्थाका मुख्य प्रबब्धक डेलनाथ पौडेलले बताउनुभयो ।
२०६६साल मा सहकारी डिभिजन कार्यालय मा दर्ता भएर कारोबार शुरुगरेको सस्था मा ०७९ असार मसान्त सम्म ३५८१ र हाल ३६ सय भन्दा बढी शेयर सदस्य रहेको सस्था का लेखा समिती संयोजक नेत्रहरी पौडेलले बताउनुभयो ।