भाइरल पोष्ट, चन्द्रनगर ।।
कार्तिक ३ गते ।। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले वडा वडाबाटै समाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । एनआईसी एसिया बैंकको बयलबास शाखाले जेष्ठ नागरिक, एकल महिला, दलित जेष्ठ नागरिक, तथा अत्ति अशक्त र पूर्ण अंपागता भएका लाभग्राहीलाई गाउँपालिकाका वडा वडाबाटै समाजिक सुरक्षा भता दिन सुरु गरेको हो ।
सेवाग्राहीलाई वडावडामै सामाजिक सुरक्षा भत्ता पु¥याउने उदेश्यका साथ बिहीबार वडा नं ४ पोखरीयाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको एनआईसी एसिया वैंक बयलबास शाखाका प्रमुख मनिष प्रताप साहले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रतिबद्धता गरे अनुरुप वडा वडा मै नै भत्ता दिन सुरु गरेपछि समाजिक सुरक्षा भता प्राप्त गर्ने व्यक्तिहरु दंग परेका छन् । चन्द्रनगर गाउँपालिका पञ्जिकरण शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष महतोको अध्यक्षतामा वडा स्तरमा समाजिक सुरक्षा भत्ता प्रदान शुभारम्भ समारोह को उद्घाटन गाउँपालिका अध्यक्ष महतोले गर्नुभयो । ‘गाउँपालिका अध्यक्ष लगायत चन्द्रनगरका सम्पूर्ण जनप्रतिनिधिले वडा स्तरमा समाजिक सुरक्षा भता वितरण गराउन सफल भएको छ ।, उहाहरुले उदाहरणीय कार्य गरेको समाजसेवी मुनसिप महतोले भन्नुभयो ।
चन्द्रनगरमा रहेको नबिल बैंकमा भत्ता लिन जादा १ हजार सम्म अटो खर्च हुने अवस्था थियो । चर्को घाममा उभिने अवस्था थियो । लघुवा गाउँ देखि आउन १२ किलोमिटर सम सेवाग्राहीहरु हिडेर बैंक पुग्ने अवस्थाको अन्त्य भएको सेवाग्राही वडा नं ४ का स्थानीय शारदा खातुनले बताउनुभयो ।
नबिल बैकबाट समाजिक सुरक्षा भत्ता रकम वितरण महिनौ दिन सम्म हुन्थ्यो, एकदिनमा भत्ता लिन पनि समस्या भैरहेको अवस्थामा अब वडा बाटै नै भत्ता वितरण भएपछी धेरै सहज भएको भन्दै अर्का स्थानीय बिल्टु पासवाले खुशि व्यक्त गर्नुभयो ।
सामाजिक सुरक्षा भत्ता वितरण शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजकुमार महतोले जनताको समस्या समाधान गर्नु आफनो दायित्व भएको बताउनुभयो । ‘चन्द्रनगर गाउँवासी टाढा टाढाबाट नबिल बैंकमा चर्को घाममा भिडभाड गरी लाईनमा उभिने अवस्था थियो । बैंकले उचित व्यवस्थापन नगर्दा खर्च पनि बढने र स्थानीयले शास्ती पनि खेप्नु पर्ने अवस्था रहेको थियो ।,’ गापा अध्यक्ष महतोले भन्नुभयो, ‘जनताको गुनासो अनुसार नै समस्या समाधान गर्न एनआईसी एसिया बैंकबाट मार्फत वडा स्तरमै भत्ता वितरण गरेका हौं ।’ उहाँले आफू जनताको सेवक भएको हुँदा जनताको समस्या आफनो समस्या सम्झेर अघि बढने अध्यक्ष महतोले बताउनुभयो । ‘वडा नं ४ बाट भत्ता वितरण गर्न सुरु गरिएको छ, क्रमशः ७ वटै वडाबाट भत्ता वितरण हुन्छ,’ चन्द्रनगर गाउँपालिकाका फिल्ड सहायक अभिनाश महतोले भन्नुभयो ।
समाजिक सुरक्षा भता प्रदान कार्यक्रमा उपाध्यक्ष गिता देवी महतो, वडा नं ३ का वडाध्यक्ष सिताराम महतो, वडा नं २ का वडा अध्यक्ष शम्भु प्रसाद साह, वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं ४ का वडा अध्यक्ष राजिब सिंह दनुवार ,गाउँकार्यपालिका सदस्य, गाउँ सभा सदस्य सीता देवी, लालबाबु साह,ईन्दला देवी साह,समाजसेवी महावीर महतो, रामछबिला साह,मुनसिप महतो,पुर्व वडा नं ४ का वडा अध्यक्ष जग्दिश साह लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।