भाइरल पोष्ट, कविलासी ।।
असोज २७ गते ।। सर्लाहीको कविलासी नगरपालिकाले नागरीकको घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ ।
त्यहाँ स्थित एनआईसी एसिया बैंकसँगको सहकार्यमा नगरपालिकाले नागरीकका घर घरमै पुगेर भत्ता दिन सुरु गरेको हो ।
नगरभित्रका जेष्ठ नागरीक, अपाङ्गता भएका व्यक्ति, एकल महिलाहरुलाई सरकारले दिँदै आएको सामाजिक सुरक्षाभत्ता नगरपालिकाले घरघरमै पु¥याउने निर्णय गरेपछि बैंकले घरघरमै पुगेर भत्ता दिन सुरु गरेको एनआईसी बैंक कविलासी शाखाका अपरेशन इन्चार्ज अखिलेश्वर प्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
उहाँका अनुसार वैंकले बिहीबार बाट भत्ता वितरण गर्न सुरु गरेको हो । भत्ता वितरणको कार्य एक साता अर्थात कार्तिक ३ गते सम्म चल्ने छ । १० ओटा वडा रहेको कविलासीमा पहिलो दिन वडा नम्बर १ का २ सय जनालाई भत्ता वितरण गरिएको छ ।
त्यस्तै शुक्रबार वडा नम्बर २ मा, असोज ३० गते ३ मा, ३१ गते ४ मा, कार्तिक १ गते ५ मा, २ गते ६ मा र ३ गते वडा नम्बर ७ मा घरघर पुगेर भत्ता वितरण गरिने अपरेशन इन्चार्ज कुशवाहाले बताउनुभयो ।
भत्ता वितरणको तालिका अनुसार नगरपालिकाको वडा नम्बर ८, ९ र १० को भने बंैकबाटै वितरण गरिने छ ।
नगरपालिकाले घर घरमै भत्ता लगिदिने भएपछि त्यहाँका लाभग्राही भने निकै खुशि भएका छन् ।