सोम दियाली, लालबन्दी ।।
असोज २४ गते ।। मंसीर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर १ मा ५३ जनाको उमेदवारी परेको छ ।
हिजो भएको उमेदवारी दर्ताको क्रममा क्षेत्र नम्बर १ बाट संघीय संसदका लागि २१ जना, प्रदेशसभा तर्फ १(क)मा २० जना र १(ख) मा १२ जनाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ लालबन्दीले जनाएको छ ।
संघीय संसदका लागि मनोनयन दर्ता गराउनेमा ७ जना विभिन्न पार्टीबाट छन भने १४ जना स्वतन्त्रबाट रहेका छन् ।
संघीय संसदका लागि एमाले जसपा गठबन्धबाट निर्वतमान सांसद जसपा नेता प्रमोद साह, बाम लोकतान्त्रि गठबन्धनबाट लोसपाका नेता पूर्व प्रहरी निरीक्षाक रामप्रकाश चौधरी, राप्रपा बाट राजेन्द्र प्रसाद मैनाली, नेपाल मजदुर किसान पार्टीबाट रमाकान्त कापर, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट राम दुलार महतो, जनमत पार्टीबाट राम विश्वास राय र जनसमाजवादी पार्टीबाट बलराम बस्नेतले उमेदवारी दर्ता गराएका छन् ।
त्यस्तै लालबन्दी नगरपालिकाका पूर्व मेयर एमाले नेता मान बहादुर खड्का, अभिवक्ता एवम् पत्रकार बेनी बहादुर कार्की, होटल व्यवसायी बैकुण्ठ सापकोटा लगायत भिम प्रसाद पोखरेल, मनोज कुमार चौधरी, संजय कुमार मण्डल, सुरेशराज शर्मा, आकाशवती दनुवार, चन्द्रनगरका जयनारायण महतो, ईश्वरपुरका जयनारायण महतो, हरिपुरका दामोदर चौधरी, ईश्वरपुरकै दिपेश कुमार कार्कीले पनि स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी धिरेन्द्र यादव र ध्वजमान मुक्तानले पनि स्वतन्त्र उमेदवारी दिएका छन् ।
त्यसैगरी प्रदेशसभा सदस्य तर्फ क्षेत्र नम्बर १(क)बाट १२ जना स्वतन्त्रसहित २० जनाको उमेदवारी परेको छ । प्रदेशसभा(क)बाट एमाले जसपा गठबन्धनबाट एमाले पछि जसपा बनेका नेता अमहद मिया मुकेरी, लोकतान्त्रिक गठबन्धनबाट निर्वतमाान प्रदेश सांसद लोसपाका उपेन्द्र महतो, नागरीक उन्मुक्ति पार्टीबाट जजनारायण ठाकुर हजाम, नेपाल संघीय समाजवादी पाटीृबाट मुस्लाम मियाँ मन्सुर, जनमत पार्टीबाट सेराज आलम अंसारी, बहुजन एकता पार्टीबाट रामचन्द्र साह तेली, नेकपा माओवादीबाट रामचन्द्र सिंह कुशवाहाको उमेदवारी परेको छ । त्यसैगरी प्रदेशसभा(क)बाटै अरुण कुमार महतो, गौरीशंकर महतो कोईरी, चन्द्रभूषण साह, नेत्रगोविन्द श्रेष्ठ, मनोज कुमार सिंह, राम उदगार महतो, रामकेशवल साह तेली, राविश्वास महतो, ललनजी महतो, संजय कुमार सिंह, सुरेश प्रसाद महतो र सुरेश महतोले उमेदवारी दिएका छन् ।
त्यस्तै प्रदेशसभा तर्फ नै १ को (ख)बाट लोकतान्त्रिक गठबन्धनबाट एकीकृत समाजवादीकी नेतृ निर्वतमान प्रदेशसभा सदस्य बेची लुंगेली, एमाले जसपा गठबन्धनबाट लालबन्दी नगरपालिकाकी पूर्व उपमेयर एमालेकी शान्ति लामा, जनमत पार्टीबाट अजित कुमार मण्डल, नेपाल संघीय समाजवादी पार्टीबाट अलि शेख, राप्रपाबाट राजन कुमार विश्वकर्मा, नेशनल मंगोल अर्गनाईजेशनबाट रुपबहादुर स्याङ्गबाले उमेदवारी दिएका छन् ।
त्यस्तै प्रदेशसभा १(ख) का लागि स्वतन्त्रबाट लालबन्दी नगरपालिका वडा नम्बर ८ का पूर्व वडाअध्यक्ष माओवादी नेता राजन कुमार श्रेष्ठ, त्यसैगरी दिलिप कुमार साह, परमेश्वर साह, राजकुमारी माझीको पनि उमेदवारी परेको छ ।