भाइरल पोष्ट, लालबन्दी ।।
असोज २४ गते ।। सूर्योदय लाईफलाईन हस्पिटलको लापरवाहीका कारण सर्लाहीको लालबन्दीमा एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लालबन्दी नगरपालिका वडा नम्बर १६ का स्थानीय गणेश पौडेलका अन्दाजी १६ वर्षका छोरा प्रवेश पौडेल रहेका छन् ।
असोज २१ गते आँखा र टाउको दुख्यो भनेर उनलाई नवलपुर गोरुबजार स्थित एक क्लिनिकमा लगिएको थियो । त्यहाँका डाक्टरले यहाँ उपचार सम्भव छैन बाहिर या काठमाण्डौं नै लैजानु भनेपछि विरामीका आफन्तले काठमाण्डौ लैजाने भनेर एम्बुलेन्स खोज्न भनेर लालबन्दी नगरपालिका ६ मा रहेको सूर्योदय लाईफ लाईन हस्पिटल आए । एम्बुलेन्स लिन आएका विरामीका आफन्तलाई लाईफलाईनका स्वास्थ्यकर्मीहरुले के भएको भनेर सोधे । उनीहरुले विरामीको रिपोर्ट हेरे र सामान्य रोग भएकोले एम्बुलेन्समा काठमाण्डौ पु¥याउने खर्चमा यही उपचार हुने बताएपछि विरामीलाई त्यही राखियो ।
तीन दिन सम्म विरामीलाई सूर्योदयमै राखियो । अन्तमा विरामीको अवस्था विग्रँदै गएपछि यहाँ उपचार सम्भव छैन काठमाण्डौं लैजानु भने पछि विरामीका आफन्त आत्तिए र हत्तार हत्तार काठमाण्डौं लिएर गए । तर विरामीलाई काठमाण्डौं पु¥याउन नपाउँदै बाटैमा गुमाउनु प¥यो ।
विरामीको मृत्यु भएपछि सूर्योदय हस्पिटलका सञ्चालक तथा डाक्टर सम्पर्क विहीन भएका छन् । विरामीको शव हस्पिटल अगाडि राखिएको छ । सूर्योदयका डाक्टरहरुले विरामीलाई आवश्यकताभन्दा बढी एन्टीबाईटिक औषधी दिएका कारण विरामीको मृत्यु भएको भन्दै हस्पिटल र यसका सञ्चालकलाई कार्वाही गर्नुपर्ने विरामीका आफन्तले माग गरेका छन् ।
‘म विरामीको आफन्तसँग निरन्तर सम्पर्कमा छु । विरामीको अवस्था नाजुक भएपछि काठमाण्डौ लैजाने व्यवस्था गरिदिन मलाई फोन आयो । मैले हेलिकप्टर नै मगाएर लैजान भनेर सबैतिर सम्पर्क गरें । तर हिजो नोमिनेशनको दिन भएकोले हेलिकप्टर सबै व्यस्त थिए । जनताका छोराछोरी विरामी हुँदा आफ्नै पैसाले हेलिकप्टर चार्टर गर्छौं भन्दा पनि नपाईने यो कस्तो देश हो ? नेताहरुलाई नोमिनेशन गर्न जाँदा हेलिकप्टर चाहिने जनताका छोराछोरी विरामी हुँदा हेलिकप्टर नपाईने ?’, विरामीका छिमेकी तथा सामाजिक अभियन्ता यूवा भुवन पाण्डेले भने ।
विरामीको मृत्यु भएपछि हस्पिटलका सञ्चालक सम्पर्क विहिन भएको भन्दै उनले भने,‘कुनै पनि हालतमा हस्पिटल र यसका सञ्चालकलाई हामी कार्वाही गरेरै छोड्छौं । कसको आडमा फिल्मी शैलीमा सञ्चालक सम्पर्क विहीन बने हामीलाई विशेष सूत्रबाट जानकारी आईसकेको छ ।’ विरामीको अवस्था देख्दा देख्दै हस्पिटलका सञ्चालकलाई उन्मूक्ति दिने खेल भए त्यो आफूहरुलाई मान्य नहुने अभियन्ता पाण्डेले बताए ।
अहिले ईलाका प्रहरी कार्यालयमा विरामीका आफन्त, सम्बन्धित वडाका वडा अध्यक्ष, नगर प्रमुख र अन्य सरोकारवालाबीच छलफल भईरहेको छ । छलफलमा जे भएपनि यसरी लापरवाही गर्ने हस्पिटल र त्यसका सञ्चालकलाई हदैसम्मको कार्वाही गर्नुपर्ने विरामीका आफन्तले माग गरेका छन् ।