भाईरल पोष्ट, हरिवन ।। बुधबारमात्रै नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गर्नुभएका संविधानसभा सदस्य एवम् समाजसेवी नरेन्द्र साहले हरिवन १ स्थित मानव सेवा आश्रमका आश्रितहरुलाई मिष्ठान्न भोजन गराउनुभएको छ ।
हरिवन ९ बाट शनिवार मात्रै हरिवन १ स्थित कैलाशपुरीमा रहेको खुशि जेष्ठ नागरीक भवनमा सरेको मानव सेवा आश्रममा आश्रितहरुलाई समाजसेवी साहले आईतबार विहान मिष्ठान्न भोजन गराउनुभएको हो ।
आश्रमका आश्रितहरुलाई मिष्ठान्न भोजन गराउन समाजसेवी साह हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)लाई साथै लिएर आश्रममा पुग्नुभएको थियो ।
त्यस्तै समाजसेवी साह हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले सुरु गर्नुभएको श्रमदान अभियान अन्तर्गत सरसफाईमा पनि सरिक हुनुभएको छ । मेयर बुढाथोकीको नेतृत्वमा हुँदै आएको सार्वजनिक स्थानको सरसफाई अन्तगत आईतबार विहान हरिवन १० स्थित चर्तुभुजेश्वर क्याम्पस पश्चिमको सडक सरसफाईमा समाजसेवी साह पनि सरिक भएर सडकको सरसफाईमा जुट्नु भएको हो ।
समाजसेवी साह मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचन अन्तर्गत संघीय संसदको लागि गठबन्धनका तर्फबाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ । पाँच दलिय गठबन्धनमा सर्लाही क्षेत्र नम्बर ३ माओवादी केन्द्रको भागमा पर्ने निश्चित जस्तै भएको र माओवादीले टिकट साहलाई नै दिएर चुनाव लडाउन भएपछि समाजसेवी साहले त्यसको तयारी गरिरहनुभएको छ ।
सडकको दायाँबायाँ झाडी फाड्नेदेखि अन्य सरसफाईको कार्यमा साहसँगै निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, सुरक्षाकर्मी, स्थानीयवासीलगायत सहभागी भएका थिए ।