भाईरल पोष्ट, हरिवन ।। नेपाल शिक्षक महासंघ र निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन(प्याब्सन) मा आवद्ध शिक्षकहरुले बडादशैंको अवसरमा मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएका छन् ।
हरिवन १० नयाँरोड स्थित नव चर्तुभुजेश्वर साकोसले वडादशैं, तिहार तथा छठ पर्वको अवसरमा नेपाल शिक्षक महासंघ र प्याब्सनमा आवद्ध शिक्षकहरुलाई मैत्रीपूर्ण फुटबल म्याच खेलाउने भएको हो ।
चाडपर्वलाई थप उल्लासमय बनाउन रमाईलोका लागि मैत्रीपूर्ण फुटबल खेल्न लागिएको नेपाल शिक्षक महासंघका हरिवन नगर अध्यक्ष पुस्कर बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार खेल विहिबार विहान ८ बजे हरिवन ११ स्थित सनराई माविको खेल मैदानमा हुनेछ ।
खेलमा नेपाल शिक्षक महासंघको टिममा सामुदायिक विद्यालयका शिक्षकहरु रहनुहुनेछ भने प्याब्सनको टिममा निजी तथा आवाशिय विद्यालयका शिक्षकहरु रहनुहुनेछ ।
महासंघको तर्फबाट नगर अध्यक्ष पुस्कर बुढाथोकी, राजन कार्की, राजन खड्का लगायतका शिक्षकहरु मैदानमा उत्रिदै हुनुहुन्छ भने प्याब्सनका तर्फबाट प्याब्सन हरिवनका अध्यक्ष बेदनिधी उप्रेती, सचिव सुदर्शन पोखरेल लगायतका शिक्षकहरु मैदानमा उत्रिदै हुनुहुन्छ ।
चाडपर्वलाई उल्लासमय बनाउने उदेश्य भएपनि यो मैत्रीपूर्ण खेललाई महत्वपूर्ण खेलको रुपमा हेरिएको छ । जीतले खासै अर्थ नराखेपनि महासंघले जित्छ कि प्याब्सनले जित्छ भन्ने चासो भने हरिवनवासीमा भएको छ ।