भाईरल पोष्ट, बरहथवा ।। बहुजन एकता पार्टीले सर्लाहीको बरहथवामा क्षेत्रीय बैठक गर्दै सर्लाहीको क्षेत्र नं.३ मा चुनावी अभियान संचालन गर्ने निर्णय गरेको छ ।
बरहथवा–७ स्थित सल्हेश सभाहलमा संपन्न बैठकले निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारहरको सिफारिस भएका नामहरु उपर छलफल गरि जिल्ला कार्यसमितिमा पठाउने तैयारी समेत गरिएको हो ।
उम्मेदवारको फाइनल नामवली जिल्ला कार्यसमितिले प्रकाशित गरिने जिल्ला अध्यक्ष सुबोध कुमार हजारीले बताउनुभयो । कार्यक्रमलाई केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन, वरिष्ठ नेता राजाराम पासवान, कार्यापालिका सदस्य बिन्देश्वर प्रसाद धनकार, मंजुर अलि, जोगि साह कानु, नागेन्द्र राय, महेन्द्र ठाकुर हजाम लगायतका नेताहरुले कार्यक्रमलाई संबोधन गर्नुभएको थियो ।
पार्टीका क्षेत्रीय अध्यक्ष राजकुमार पासवानको अध्यक्षतामा संपन्न बैठकलाई मंजुर अलिले संचालन गर्नुभएको थियो । यसअघि सोमबार सो पार्टीले सर्लाही क्षेत्र नम्बर १ को क्षेत्रीय भेला गरेको थियो भने ४९ सदस्यीय क्षेत्रीय कमिटि बनाएको थियो ।
त्यस्तै मंगलवार जिसस सर्लाहीको सभाहलमा २ नम्बर निर्वाचन क्षेत्रीय बैठक सम्पन्न गरको सो पार्टीले अब ३ नम्बर क्षेत्रको बैठक पनि तत्काल राख्ने जनाएको छ ।