भाइरल पोष्ट,हरिवन ।।
असोज १२ गते ।। बडा दशैको अवसरमा सर्लाहीको हरिवनमा नक आउट फुटवल प्रतियोगिता हुने भएको छ ।
भेट्रान समूह हरिवनको अयोजनामा जिल्लामै पहिलो पटक यति ठुलो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता यही असोज १५ र १६ गते हरिवन ११ स्थित सनराईज माविको खेल मैदानमा हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथप हुनेलाई नगद ५० हजार र ८ धार्नीको खसी पुरस्कार दिईनेछ । त्यस्तै द्वितिय हुनेले नगद २५ हजारसहित ५ धार्नीको खसी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा हरिवन, पिप्ले हेटौंडा, सिमरा, वीरगंज, उदयपुर कटारी, चपुर लालबन्दीका गरी १० ओटा टीमले सहभागिता जनाउने आयोजक भेट्रान समूह हरिवनका अध्यक्ष रञ्जन सिन्दालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगिताको अन्तिम टाईसिट असोज १४ गते सार्वजनिक हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको सहआयोजक हरिवन युवा क्लव रहेको छ भने मिडिया पार्टनर सर्लाहीको पहिलो रेडियो सामुदायिक रेडियो सर्लाही १०५.७ मेगाहर्ज र भाइरल पोष्ट दैनिक रहेको छ ।