भाइरल पोष्ट,हरीवन ।।
१६औं विश्व रेविज दिवस २०७९ को अवसरमा आज हरिवनमा प्रभातफेरी कार्यक्रम भएको छ ।
नेपाल पाराभेटेनरी एण्ड लाईस्कट एसोसियसन र हरिवन नगरपालिकाको पशु सेवा शाखाले हरिवन बजारमा संयुक्त रुपमा प्रभातफेरी कार्यक्रम गरेका हुन् ।
हरिवन ११ स्थित पशु सेवा शाखाबाट सुरु भएको प्रभातफेरी हरिवन पूर्व लच्का पुगी कार्की पुस्तक पसल अगाडि आएर कोणसभामा परिणत भएको थियो ।
नेपाल पाराभेटेनरी एण्ड लाईभस्टक एसोसियसन सर्लाहीका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षता तथा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा भएको कोणसभामा विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित छिमेकी बागमती नगरपालिका र लालबन्दी नगरपालिका पशु सेवा शाखाका कर्मचारीहरु र विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
एक स्वास्थ्यको अवलम्बन, रेविजबाट शून्य निधन नारासहित असोज १० गतेबाट सुरुभएको १६औं रेविज दिवस २०७९ असोज १४ गते सम्म रेविज विरुद्धको खोप लगाउनेसहित रेविज सम्बन्धी सचेतनामूलक कार्यक्रम गरि मनाईने पशु सेवा शाखा हरिवनका प्रमुख जगन्नाथ लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पशु सेवा शाखाबाट अहिले पनि रेविज विरुद्धको खोप लगाउने काम भईरहेको छ । नगरभित्रका झण्डै एक सय कुकुर विरालो लाई खोप लगाउने उदेशय अनुरुप नै धमाधम खोप लगाउने काम भईरहेको छ । उहाँले घर पालुवा कुकुर र विरालोलाई समयमै नजिकैको पशु सेवा शाखामा गएर रेविज विरुद्धको खोप लगाउन उहाँले अनुरोध गर्नुभयो ।
के हो रेविज रोग
रेबिज (अङ्ग्रेजीः च्बदष्भक) पशुबाट मानिसमा सर्ने रोग हो । चरा र स्तनधारी प्राणीहरूमा मात्र असर गर्ने यो रोग जंगली जनावरहरू जस्तै ः– स्याल, ब्वाँसो, फ्याउरो आदी जनावरहरूमा उत्पन्न हुन्छ; घरपालुवा पशु कुकुरमा प्राय यो रोग सर्छ । यो रोग प्रायशः कुकुरको टोकाइबाट मानिसमा सर्छ । यो रोग लागेको मानिस पानी देखेर डराउने हुनाले यो रोगलाई “पानीबाट डराउने रोग“ वा हाइड्रोफोबिया पनि भनिन्छ ।
रेबिज रोग लागेको कुकुरको चटाईबाट मात्र पनि यो रोग सर्न सक्छ । रोगी जनावरको ¥यालद्वारा घाउ मार्फत शरीरमा रेबिजका जीवाणु प्रवेश गर्दछ भनेर सन् १८०४ मा एक जर्मन वैज्ञानिकले पत्ता लगाएका थिए । त्यसको धेरैपछि मात्र लाईसा नामक भाइरसको सङ्क्रमणले गर्दा रेबिज हुन्छ र त्यो भाइरस स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा हुन्छ भनेर पत्ता लागेको हो ।
२०१५ मा रेबिजको कारणले विश्वभरी १७,४०० मानव मृत्यु भयो । रेबिजबाट हुने मानव मृत्युको ९५% अफ्रिका र एसियाबाट रहेका छन् । यो रोग लागेका लगभग ४०% बालाबच्चाहरू १५ वर्ष मुनिका उमेरका रहेका छन् । रेबिज १५० भन्दा बढी देशहरूमा र अन्टार्टिका बाहेक सबै महादेशमा देखा परेको छ ।
रेबिज देखा परेको क्षेत्रमा विश्वको ३ अर्ब भन्दा अधिक मानिसहरू बसोबास गर्छन् । अस्ट्रेलिया र जापान, सहित पश्चिम युरोपमा धेरै देशहरूमा कुकुरमा रेबिज देखिएको छैन ।