भाइरल पोष्ट, हरिवन ।। हरिवन चेम्बर अफ कमर्सले आजदेखि सुरु भएको दशैं र आउँदै गरेको तिहार, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
चाडवाड सुरु भएसँगै सर्लाहीमा पनि विभिन्न दल तथा संघसंस्थाहरुले शुभकामना आदान प्रदानका कार्यक्रमलाई तिब्रता दिई रहेका बेला व्यापारीहरुको विशुद्ध संस्था हरिवन चेम्वर अफ कमर्सले पनि घटस्थापनाकै दिन दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
कमर्सका नगर अध्यक्ष एवम् हरिवनका यूवा व्यवसायी कृष्णओम पोतेको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा हरिवन नगर पालिकाकी उपप्रमुख हरिमाया घलान प्रमुख अतिथी हुनुहुन्थ्यो । त्यस्तै शुभकामना आदानप्रदान कार्यक्रममा नि.वर्तमान प्रदेश सभा सदस्य डिल्ली उप्रेती, हरिवन ११ का वडा अध्यक्ष शेख मेहबुब रेजा, नेकपा एमाले हरिवन नगर अध्यक्ष सिताराम पोखरेल, एमाले नेता चुडामणि वाग्ले, राप्रपा हरिवन नगर अध्यक्ष दिपेन्द्र मैनाली, नेता चुडा बहादुर थापालगायतका नेताहरुको आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा दिनेश ओमपोते लगायतका चेम्बर अफ कमर्समा आवद्ध व्यापारीहरुको सहभागिता रहेको थियो ।
हरिवन चेम्बर अफ कमर्सका नगर महासचिव टोपराज लुईंटेलले सञ्चालन गर्नुभएको कार्यक्रममा शुभकामना राख्नुहुँदै प्रमुख अतिथी लगायतका वक्ताहरुले चाडवाड तथा सामाजिक कार्यमा पार्टीगत भेदभावको भावना नराखी एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
चाडवाड मनाउने बहानामा अनावश्यक तडक भडक नगरी आफ्नो गच्छे अनुसार छरछिमेक र परिवारमा आपसी प्रेम बाडेर एकआपसमा खुशि साटासाट गरी मनाउनु पर्ने बताउनुभयो ।