भाइरल पोष्ट, पर्सा ।। सर्लाहीको पर्सा गाउपालिकामा ३२७ जनाको निःशुल्का आँखा परिक्षण भएको छ ।
गाउँपालिका कार्यालयले पहिलो पटक आयोजना गरेको निःशुल्क आँखा शिविरमा वडा नम्बर १ देखि ६ सम्मका ३२७ जनाले आँखाको निःशुल्क जाँच गराएका हुन् ।
सगरमाथा चौधरी आखा अस्पताल लहान तथा आँखा उपचार केन्द्र मलंगवाको सयुंक्त सहयोगमा आयोजित निःशुल्क आँखा शिविरका क्रममा गाउँपालिका भित्रका १ सय ५७ जना महिला तथा १ सय ७० जना पुरुषले निशुल्क आँखा जाँच गरेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुरेस यादवले जानकारी दिनुभयो ।
शिविर गाउँपालिकाकाको वडा नम्बर ६ पिनपिही पोखरी स्थित प्राथमिक विद्यालयमा सञ्चालन भएको थियो । आँखा जाँच गराएकामध्ये १ सय ५ जनामा मोतियाबिन्दु देखिएको छ । जाँचका क्रममा मोतियाबिन्दू देखिएका बिरामीको निःशुल्क अप्रेशनको लागी मलंगवा पठाइएको गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख नविन यादवले बताउनुभयो ।
वडा नम्बर ६ को वडाध्यक्ष गणेश साहको अध्यक्षता तथा गाउँपालिका प्रमुख धिरेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका प्रमुख राजकुमार यादव लगायतका आँखा रोग विशेषज्ञहरुले बिरामीहरुको जाँच सुक्ष्म प्रविधीद्वारा आँखाको जाँच गर्नुभएको थियो ।