भाईरल पोष्ट, हरिवन ।। हरिवनमा रहेको महादेव जनता नमूना माध्यमिक विद्यालयलयले आउँदै गरेको दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम तथा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
हरिवन नगरपालिका ८ स्थित पुरानो बजारमा रहेको हरिवनकै पुरानो विद्यालय महादेव नमूना माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वातग गर्र्दै आउँदै गरेको दशै, तिहार तथा छठ पर्वको शुभमकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको ।
हरिवन ८ मा रहेको मज नमूना माविमा प्रधानाध्यापक जयशंकर सिंहको अध्यक्षता तथा वडा अध्यक्ष प्रज्वल ढुंगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षा ११ मा नयाँ भर्ना हुन आएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थी, विद्यालयका शिक्षक तथा अतिथीहरुले अवीर टिका तथा खादा लगायएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाअध्यक्ष प्रज्वल ढुंगाना, समाजसेवी भरत कुमार कार्कीले विद्यार्थीहरुको उज्वल शैक्षिक भविष्यको कामना गर्नुभएको थियो । साथै उहाँहरुले पछिल्लो समय महादेव जनता मावि विद्यार्थीको आकर्षणको केन्द्र बन्दै गएकोले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतीमा विद्यालयका शिक्षकहरुको महत्वपूर्ण भूमिका भएको भन्नुहँुदै प्रसंसा गर्नुभएको थियो ।
सो क्रममा विद्यार्थीहरुले नाच गान समेत प्रस्तुत गरेका छन् । उनीहरुले आफूमा भएको कला गला स्वागत कार्यक्रममा प्रस्तुत गरेका विद्यालयका सहयाक प्रधानाध्यापक गिरीराज रानाले जानकारी दिनुभयो ।
सोही अवसरमा जननी शैलेश फाउण्डेशनले कक्षा ११ र १२ मा अध्ययनरत ४ जना छात्राहरुलाई पूर्ण छात्रवृति प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा हरिवन ८ मै रहेको समता स्कुलका अध्यक्ष सुकदेव कार्की, शैलेश फाउण्डेशनका प्रतिनिधि युवराज भण्डारी, पूर्व विद्यार्थी समाजका सहसंयोजक विप्लप कार्की, नारायण कार्की, फोटो पत्रकार जोतनारायण रौनियार, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।