भाईरल पोष्ट, हरिवन ।। हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिकोत्सव तथा साधारणसभा विहीबार सम्पन्न भएको छ ।
हरिवन ९ स्थित संस्थाले नै सञ्चालन गरेको सगुन आवाशिय विद्यालयको प्राङ्गणमा सम्पन्न वार्षिकोत्सव तथा साधारण सभाका अवसरमा संस्थाले संस्थाको आफ्नै वेवसाईट सञ्चालनमा ल्याएको छ ।
संस्थाका अध्यक्ष केशव ढकालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाका अवसरमा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएको थियो । सो अवसरमा समाजसेवीहरु भरत कुमार कार्की, चुडामणि वाग्ले लगायत ७५ जनाले रक्तदान गर्नुभएको थियो ।
हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी, बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कटुवाल, हरिवन नगरकी उपप्रमुख हरिमाया घलान, नेफस्कूनका संचालक हरेराम पटेल, राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुवनारायण यादव, जिल्ला बचत संघका अध्यक्ष बाबुराम घिमिरे लगायतको आतिथ्यता रहेको बार्षिकोत्सव तथा साधारण सभाका अवसरमा नियमित बचतकर्ता, बाल बचतकर्ता, उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य र संस्थाबाट ऋण लिएर व्यवसास गर्ने व्यवसायीलाई सम्मान समेत गरेको छ ।
साधारण सभाका अवसरमा संस्थाले ४ करोड ६९ लाख रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा १ अर्ब ४७ करोड ४३ लाख ४८ हजार ३५५ रुपैयाँ ६१ पैसा सुद्ध कारोवार गरी ४ करोड ६९ लाख ८७ हजार ८२८ रुपैयाँ ७५ पैसा सुद्ध नाफा आर्जन गरेको संस्थाका व्यवस्थापक रविन्द्र रानाले जानकारी दिनुभयो ।
हाल ११ हजार १३० जना शेयर सदस्य रहेको सो संस्था गत वर्ष मधेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत समेत भएको थियो ।
साधारणसभामा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथी लगायतका वक्ताहरुले सगुनले सहकारी अभियानलाई गाउँगाउँमा पु¥याउने काम गरेको भन्दै यसको प्रशंसा गर्नुभएको थियो ।
उहाँहरुले सगुनलाई हरिवन र सर्लाहीमा मात्रै सिमीत नभई यसको सेवा मधेश प्रदेशभर विस्तार गरी ‘आफै मालिक, आफ्नै वचत आफैलाई लगानी आफैलाई प्रतिफल’ भन्ने सहकारीको नारालाई थप सार्थक बनाउन सकोश भन्दै कामना गर्नुभएको थियो ।