भाईरल पोष्ट, हरिवन ।। संविधान दिवसका अवसरमा सर्लाहीका विभिन्न आश्रमहरुमा खाद्यन्न सामाग्री प्रदान गरिएको छ । २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको दिनलाई हरेक वर्ष विशेष दिनको रुपमा मनाइने गरिएको छ ।
दिवसकै अवसरमा जिल्लाको हरिवन नगरपालिका वडा नं. ५ मा रहेको द्वन्द पिडित बालगृह, हरिवन नगरपालिकाकै वडा नम्बर ९ नयाँरोडमा रहेको मानवसेवा आश्रम र लालबन्दी नगरपालिका २ जुटपाजीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धासेवाश्रममा दाल, चामल, नून तेल लगायतका खाद्यन्न सामाग्री प्रदान गरिएको हो ।
उधोग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र कुमार बलम्पाकीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यतामा द्धन्द्ध पिडित बालगृह र पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा खाधान्न वितरण गरिएको छ ।
द्धन्द्ध पिडित बालगृहमा उधोग वाणिज्य संघ लालबन्दीको तर्फ बाट चामल १५० केजि,आलु ५० केजि, दाल १५ केजी, चिनी १० केजी, चिउरा २० केजी, खाने तेल ५ लिटर प्रदान गरिएको छ भने बालगृहमै भुदेव खाध उधोग प्रा.ली.को तर्फबाट जिरा मसिनो चामल २५ केजीको ६ बोरा,रहर दाल ५ केजीको ३ प्याकेट वितरण गरिएको छ ।
यसैगरी बालगृहमै जिल्ला प्रशासन कार्यालयको पहलमा विभिन्न निकाय बाट १ सय केजी चिनी प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।
त्यस्तै हरिवन नगरपालिका वडा नं. ९ नयाँरोडमा रहेको मानवसेवा आश्रमलाई पनि खधान्न सहयोग गरिएको छ । मानवसेवा आश्रममा उधोग वाणिज्य संघ लालबन्दीको तर्फ बाट चामल १५० केजि,आलु ५० केजि, दाल १५ केजी, चिनी १० केजी, चिउरा २० केजी, खाने तेल ५ लिटर प्रदान गरिएको छ भने भुदेव खाध उधोग प्रा.ली.को तर्फबाट जिरा मसिनो चामल २५ केजीको ६ बोरा,रहर दाल ५ केजीको २ प्याकेट वितरण गरिएको छ ।
यसैगरी मानवसेवा आश्रममा जिल्ला प्रशासन कार्यालयको पहलमा विभिन्न निकाय बाट १ सय ५० केजी चिनी र उधोग वाणिज्य संघ हरिवनको तर्फबाट चामल १० बोरा, भुजा ५ बोरा, आलु १ बोरा,, दाल १ बोरा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर यादवले जानकारी दिए ।
यसैगरी जुटपाजीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा उधोग वाणिज्य संघ लालबन्दीको तर्फ बाट चामल १५० केजि,आलु ५० केजि, दाल १५ केजी, चिनी १० केजी, चिउरा २० केजी, खाने तेल ५ लिटर प्रदान गरिएको छ भने भुदेव खाध उधोग प्रा.ली.को तर्फबाट जिरा मसिनो चामल २५ केजीको ३ बोरा, रहर दाल ५ केजीको २ प्याकेट प्रदान गरिएको छ भने जिल्ला प्रशासन कार्यालयको पहलमा विभिन्न निकाय बाट १ सय केजी चिनी प्रदान गरिएको कम्प्युटर अपरेटर यादवले जानकारी दिए ।