भाईरल पोष्ट, मलंगवा ।। सर्लाहीमा कर्मचारी मिलन केन्द्र र डिभिजन वन कार्यालयले वृक्षारोपण गरी संयुक्त रुपमा संविधान दिवस २०७९ मनाएका छन् ।
सदरमुकाम मलंगवामा स्थित तिन विघे परिसरमा जिल्ला समन्वय समिति सर्लाहीका उप–प्रमुख जितेन्द्र कुमार कुशवाहाले बिरुवा रोपी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सोही अवसरमा कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, मिलन केन्द्रका अध्यक्ष रामदरेश राय, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक प्रविण पोखरेल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक भरत खनिया, राष्ट्रिय अनुसंधान जिल्ला कार्यालयका अनुसंधान निर्देशक चन्दन कुमार झा, डिभिजन वन कार्यालयका साजन चौधरी सहभागि हुनुहुन्थ्यो ।
त्यसैगरी मलंगवा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, नेपाल निजामती कर्मचारी युनियनका कपिलदेव साह, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका रामनाथ साह, मिलन केन्द्र सचिव सुनिल कुशवाहा, कोषाध्यक्ष रामश्वार्थ महतो, सदस्य रंजन महतो, डिभिजन वन कार्यालयका कर्मचारीहरू लगायतले समेत वृक्षारोपण गर्नुभएको थियो ।
वृक्षरोपण कार्यक्रममा सहभागीहरुले एक अर्कालाई शुभ दिनले हामी नेपालीहरूबीच निरन्तर एकता, आपसी सद्भाव तथा सहयोगको भावनालाई थप उजागर गर्ने प्रेरणा एवं हौसला मिलोस भने शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस्तै जिल्लाका विभिन्न स्थानमा विभिन्न दलहरुले समेत विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन् ।