भाईरल पोष्ट, लालबन्दी ।। आसन्न चुनाव नजिकिएसँगै बहुजन एकता पार्टी नेपालले पनि कार्यकर्ता भेटघाटलाई तिब्रता दिएको छ ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनमा मधेश प्रदेशका धेरै भन्दा धेरै क्षेत्रबाट उमेदवारी उठाउने तयारी गरेको सो पार्टीले कार्यकर्ता र मतदाताका घरघरमा पुगेर भेटघाट गर्न सुरु गरेको हो ।
यसैक्रममा शनिवार पनि सो पार्टीले सर्लाही जिल्लाको बसबरिया, गोनर्वा, मानपुर, पिपराभित्ता र हरिपुर्वामा कार्यकर्ता भेटघाट कार्यक्रम संपन्न गरेको छ । पार्टीका वरिष्ठ नेता तथा राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानले पार्टीका स्थानीय नेता एवं कार्यकर्ताहरुलाई आसन्न निर्वाचनमा भाग लिएर बहुजन समाजको आवाजलाई संसदमा पुर्याउन जोडतोडका साथ सहभागी हुन आग्रह गरेका हुन् ।
भेटघाटमा सरिक पासवानले आफ्ना सबै कार्यकर्ताहरुलाई गरिब बहुजन एक मात्र सहारा बहुजन एकता पार्टी रहेको कुरा जनताको घर घरमा पुर्याउन दिन रात मेहनत गर्न निर्देश गर्नुभएको हो । बहुजन एकता पार्टी नेपालले रौतहटका निरन्जन बिजय हत्याकाण्ड, सप्तरीका त्रिभुवन राम हत्या काण्ड देखि शम्भु सदा हत्याकाण्ड सम्म तथा नवराज विक आम नरसंहार काण्ड देखि अंगिरा पासी काण्ड सम्मका दोषीहरुलाई सजाय दिलाउन तथा पिडितको हकमा न्याय दिलाउन संघर्ष गरेको एक मात्र पार्टी रहेकोले जनता बहुजन एकता पार्टी नेपाललाई मत दिन तैयार रहेकोले घरघर कार्यकर्ता पुग्नु पर्ने बताउनुभयो ।
जो दलित बंचित बहुजन समाजका नेताले हाम्रा समाजका चेली बेटिलाई बलात्कार गर्ने र पिडक बचाउने काम गर्ने पार्टीहरुको लागि वोट माग्ने काम गर्छन उनीहरुको समाजको दुस्श्मन रहेको कुरा अब दलित उत्पीडित समुदायले बुझिसकेको हुँदा बहुजन एकता पार्टीलाई मंसिर ४ गते हुने चुनाबमा वोट गर्न आतुर रहेको कार्यकर्ता भेटघाटमा बताउनु भयो।नेता पासवान गरिबको झुपडि झुपडी पुगेर भेट्घाट गर्ने कार्यलाई युद्ध स्तरमा निरन्तरता दिरहनुभएको हो ।