भाईरल पोष्ट, लालबन्दी ।। लालबन्दी नगरपालिकाले पुर्व–पश्चिम राजमार्गको दाँयाबायाँ सडक ऐन अनुसारकै सडक क्षेत्र खाली गर्ने सर्वपक्षीय बैठकको निर्णय विपरीत काम अघि बढाएको भन्दै नेकपा एमालेले विरोध जनाएको छ ।
नेकपा एमाले लालबन्दीका नगर अध्यक्ष विक्रम भण्डारीले शनिवार एक प्रेस विज्ञप्ती जारी गर्नुहुँदै भाद्र २२ गते नगरपालिकाकै आयोजनामा सर्वदलीय सर्वपक्षीय बैठक बसी सडक ऐन अनुसार नै सडकको दायाँबायाँ २५–२५ मिटर अर्थात साँढे ८२ फिट सडक क्षेत्र खाली गर्ने निर्णय भएको भएपनि त्यस निर्णयको वेवास्ता गर्दै सोही निर्णय विपरीत नगरपालिकाले पुनः ७५ फिट मात्र सडक क्षेत्र खाली गर्ने प्रक्रिया अघि बढाएको भन्दै नगरपालिकाको विरोध गर्नुभएको हो ।
उहाँले सर्वदलीय सर्वपक्षीय बैठकको निर्णय अनुसार सडक विभागसँग आवश्यक समन्वय गरी सडकको दायाँबायाँ २५–२५ मिटर सडक क्षेत्र खाली गराउन नगरपालिकासँग अनुरोध समेत गर्नुभएको छ । अन्यथा मौजुदा कानून विपरीत गरिएको निर्णयको निर्णयद्वारा उत्पन्न हुने परिणामप्रति स्वयम लालबन्दी नगरपालिका जवाफदेही हुनुपर्ने समेत अध्यक्ष भण्डारीले विज्ञप्ती मार्फत चेतावनी दिनुभएको छ ।
सर्वपक्षीय बैठकको निर्णय के थियो ?
लालबन्दी नगरपालिकाले भाद्र ९ गते बसेको नगर कार्यपालिकाको निर्णय भन्दै भाद्र २१ गते पूर्व–पश्चिम लोकमार्गको दायाँबायाँ ७५ फिट सडक क्षेत्र खाली गर्न सात दिने सूचना जारी ग¥यो । सडक क्षेत्रमा स्टल, पसल, ठेलागाढा, ई–रिक्सा, अटो, म्याजिक तथा निर्माण सामाग्री समेत राख्नाले बजारको सौन्दर्य नै कुरुप बनेको, दुर्घटनाको जोखिम बढेको भन्दै सडक व्यापारीहरुलाई ती संरचना हटाउन सूचना जारी ग¥यो ।
नगरपालिकाले जारी गरेको निर्देशनको कतै स्वागत भयो त कतै आलोचना । । सडक ऐन बमोजिम सडक क्षेत्रभित्र राजमार्गको बीचबाट दायाँबायाँ २५–२५ मिटर क्षेत्र पर्ने भएपनि नगरपालिकाले तत्काल ७५ फिटभित्र राखिएका संरचना मात्रै हटाउने निर्णय गरेकोले त्यसलाई सच्याएर साँढे ८२ फिट गर्न सामाजि सञ्चालहरुमा माग हुन थाल्यो । त्यसपछि नगरपालिकाले भाद्र २२ गते सर्वदलीय सर्वपक्षीय बैठक राख्यो । बैठकले सडक ऐन अनुसारकै सडकक्षेत्र साँढे ८२ फिट क्षेत्र नै खाली गर्ने निर्णय ग¥यो ।
तर सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयलाई लत्याउँदै नगरपालिकाले भाद्र २४ गते पुनः अर्को एक सूचना निकाल्यो । नगरपालिकाले सूचना मार्फत भाद्र २१ गतेकै सूचना अनुसार सडक क्षेत्र खाली गर्न भाद्र २५ गते शनिवार सचेतनामूलक ¥याली गर्ने भएकोले ¥यालीमा सहभागि हुन नगरवासी र सरोकारवालालाई आग्रह ग¥यो ।
सोही बमोजिम शनिवार विहान नगरपालिकाले सचेतना ¥याली समेत ग¥यो । ¥यालीमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, लालबन्दी जेसिस, बालसंरक्षण संस्था र ईलाका प्रहरी कार्यालय लालबन्दीले पनि ऐक्यबद्धता जनाउँदै ¥यालीमा सहभागी भए ।
उनीहरुले फुटपाथका व्यापारीहरुलाई ७५ फिट भित्रका संरचना हटाउन आग्रह गरे । नहटाए आईतबारदेखि बल प्रयोग हुने चेतावनी पनि दिए ।
तर नेकपा एमालेले भने सर्वपक्षीय बैठकको निर्णय अनुसार नै हुनुपर्ने बताउँदै आएको छ ।