भाईरल पोष्ट, ईश्वरपुर ।। आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गएसँगै सम्भावित जित्न सक्ने उमेदवारहरुको चर्चा चुलिँदै गएको छ ।
आसन्न निर्वाचनमा नेकपा एमालेबाट संघीय संसदको लागि टिकटको दाबेदारको रुपमा हेरिनुभएका ईश्वरपुर नगरपालिकाका पूर्व मेयुर मनोज कुमार देवकोटाको चर्चा अझै धेरै चुलिँदै गएको छ । नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा वर्तमान मधेश प्रदेश कमिटी सदस्य समेत रहनुभएका देवकोटाले नै चुनाव जित्न सक्ने र उहाँ नै गठबन्धनका लागि भारी हुने यहाँका एमाले नेता कार्यकर्ताहरुले दाबी गर्न थालेका छन् ।
तत्कालीन समयमा रेवती पन्तलाई फराकिलो मतान्तरले हराएर एमाले सर्लाहीको जिल्ला अध्यक्ष बनिसक्नु भएका नेता देवकोटा साविक भक्तिपुर गाविसको पनि उपाध्यक्ष हुनुहुन्थ्यो । संघीय संसदमा उहाँको चर्चा झलनाथ खनाल सर्लाही क्षेत्र नं १ मा उमेदवार हुँदा देखि थियो । २०७४ सालमा उहाँ स्थानीय तहको चुनाबमा ईश्वरपुर नगरपालिकामा नगर प्रमुखमा नेकपा एमालेकोतर्फबाट निर्वाचित हुनु भएको थियो ।
अहिले सर्लाही एकबाट संघीय संसदको लागि सिफारिस भएका सम्भावित उमेदवारहरुमध्ये देवकाटा नै उपयुक्त उमेदवार भएकोले उहाँले नै टिकट पाउनुपर्ने यहाँका कार्यकर्ताहरुको भनाई छ । ‘जित्न सक्ने उमेदवार भनेकै मनोज देवकोटा हो । मनोज दाई बाहेक अरुले टिकट पाए एमाले हार्छ नै ।,’ देवकोटा निकटका एक कार्यकर्ताले भने ।
ती कार्यकर्ताका अनुसार रेवती पन्त क्षेत्र नम्बर १ बाहिरका हुनुहुन्छ । ‘बाहिरबाट आएका उमेदवारले यो क्षेत्रमा चुनाव जित्न सक्दैनन् भन्ने कुरा झलनाथ खनालले चुनाव हारेबाटै प्रष्ट भईसकेको छ । यसर्थ मनोज देवकोटाको चर्चा पहिलादेखि नै थियो अहिले पनि छ । र उहाँले टिकट पाउँदामात्रै यो क्षेत्रमा गठबन्धनका उमेदवारहरुले जिल खाने हो । एमालेले जित्ने हो । नत्र यो पटक पनि १ नम्बर क्षेत्र एमालेले गुमाउनु पर्ने अवस्था आउन सक्छ । त्यसैले नेतृत्वले बेलैमा सोचेर मनोज देवकोटालाई टिकट दिएर यो क्षेत्र सुरक्षित गर्न जरुरी छ ।’, देवकोटा निकट कार्यकर्ताको भने ।