भाईरल पोष्ट, जनकपुरधाम ।। नेपाली कांग्रेस मधेस प्रदेश समितिको बिहिवारको बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न निर्णय गरेको छ ।
पार्टी कार्यालय जनकपुरमा सम्पन्न बैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मधेस प्रदेशमा ६० प्रतिशत सिटको दाबी गर्ने निर्णय गरेको हो ।
कांग्रेस मधेस प्रदेश सञ्चार बिभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार बैंककले सर्लाही क्षेत्र नम्बर ४ का सांसद डा. अम्रेस कुमार सिंह र सिराहा क्षेत्र नम्बर ३ का डा.सुवास यादव र सीतादेवी यादवले उम्मेदवारका लागि दिएको निवेदन उपर छलफल गर्दै तीनैजनाको नाम आवश्यक रायसहित सिफारिस गर्ने निर्णय गरेको छ ।
उम्मेदवारका लागि क्षेत्र र जिल्लाको सिफारिसमा नपरेका सर्लाही क्षेत्र नं.४ का सांसद डा. अम्रेस कुमार सिंहले आफ्नो नाम सिफारिसका लागि प्रदेश र केन्द्रमा निवेदन दिएको बताउदै, आफुलेनै नेपाली कांग्रेस सर्लाही क्षेत्र नं –४, बाट निकट प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै बैठकले आवश्यकता अनुसार प्रचारप्रसार समिति गठन गर्ने निर्णय गर्दै ,स्वर्गीय नेता प्रदिप गिरीको निधन प्रति दुःख व्यक्त गर्दै,शोक प्रस्ताव परित गरेको सञ्चर बिभाग प्रमुख गुप्ताले जानकारी दिए ।