भाईरल पोष्ट, हरिपुर ।। आगामी मंसीर ४ मा हुने संघ र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको हरिपुर नगरकमिटीले पनि उमेदवारहरुको नाम सिफारिस गरी पठाएको छ ।
हरिपुर नगरपालिका क्षेत्र नम्बर १ र ३ दुबैतिर पर्नेभएकोले १ र ३ कै लागि उमेदवारहरुको नाम सिफारिस गरी पठाएको नगर कमिटी सचिव रंजित साहले जानकारी दिनुभयो ।
नगरसचिव साहका अनुसार नगरकमिटीको बुधबार बसेको बैठकले क्षेत्र नम्बर १ मा संघीय संसदको लागि प्रत्यक्षमा प्रह्लाद बुढाथोकी र सन्तोष दाहाल तथा समानुपातिकमा अरुण बराईलीको नाम सिफारिस गरेको छ । त्यस्तै संघीय संसदकै लागि क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ अच्यूतम काफ्ले, भरत थापा र सरस्वती मिश्र(वाग्ले)को नाम सिफारिस गरेको छ ।

नगरकमिटीको बैठकले क्षेत्र नम्बर १ को (क) का लागि प्रत्यक्षमा विपीन महतो र रामचन्द्र कुशवाहा तथा समानुपातिकमा अनितादेवी, मन्जुर आलम शेख र दास नारायण चौधरीको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर ३ को (क) मा प्रत्यक्ष तर्फ अर्जुन पन्त, जवाहरसिंह कुशवाहा र विनिता दाहालको नाम सिफारिस गरको छ । त्यस्तै प्रदेशसभामै समानुपातिक तर्फ ह्यामलाल देवकोटा र होमराज काफ्लेको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर १ को संघीय संसदको लागि प्रत्यक्षमा सिफारिस हुनुभएका प्रह्लाद बुढाथोकी र सन्तोष दाहाललाई चन्द्रनगर गाउँकमिटी र लालबन्दी नगरकमिटीले पनि यसअघि नै सिफारिस गरिसकेको छ ।