भाईरल पोष्ट, बलरा ।। नेकपा माओवादी केन्द्रले संघ र प्रदेशसभाका लागि क्षेत्र नम्बर ४ बाट सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेको छ ।
क्षे नम्बर ४ अन्तर्गतका बलरा, गोडैता र विष्णु गाउँपालिकाका गाउँ तथा नगर कमिटीहरुले बुधवार सो क्षेत्रबाट संघीय संसद र प्रदेश संसदको लागि प्रत्यक्ष र समानुपातिक उमेदवारहरुको नाम सिफारिस गरेको हो ।
जसमा बलरा नगर कमिटिले संघमा मिना कुमारी यादवको मात्रै एकल नाम सिफारिस गरेको छ भने गोडैताले मिना कुमारीसहित सर्लाही क्षेत्र नम्बर ३ का वर्तमान सांसद रामेश्वर राय यादवको नाम पनि सिफारिस गरेको छ । त्यस्तै विष्णु गाउँकमिटीले भने मिना कुमारी यादव, सांसद रामेश्वर यादव र नेता सूर्य प्रसाद यादवको नाम प्रत्यक्ष उमेदवारको लागि सिफारिस गरेको छ ।
त्यस्तै बलराले संघीय संसदको समानुपातिक तर्फ प्रमिला यादव र फेकु पासवान, गोडैताले प्रमिला यादव र अन्जु बैठा तथा विष्णु गाउँकमिटीले अन्जु बैठा र घनश्याम प्रसाद रजकको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र नम्बर ४ को(ख)मा पर्ने यी नगर तथा गाउँकमिटीले प्रदेशसभामा प्रत्यक्ष तर्फ बलराबाट सुजन यादव(श्रीचन), महेन्द्र राय र महेश महतो तथा प्रदेशकै समानुपातिकमा अनितादेवी यादव र अन्जु बैठालाई सिफारिस गरेको छ ।
त्यसैगरी सो पार्टीको गोडैता नगरकमिटीले प्रदेशसभा तर्फ प्रत्यक्षमा सुजन यादव(श्रीचन), महेन्द्र राय र महेश महतो तथा समानुपातिकमा अनितादेवीको एकल नाम सिफारिस गरको छ भने विष्णु गाउँकमिटले प्रदेशसभाको प्रत्यक्षतर्फ मनोज कुमार कुशवाहा, अनितादेवी यादव, सुजन यादव(श्रीचन) र महेन्द्र यादवको नाम सिफारिस गरको छ । त्यस्तै समानुपातिकतर्फ भने विष्णु गाउँकमिटीले अन्जु कुमारी बैठाको एकल नाम सिफारिस गरेको छ ।