भाईरल पोष्ट, लालबन्दी ।। विप्लप नेतृत्वको नेकपा माओवादीमा आवद्ध सामना साँस्कृतिक परिवारले आज लालबन्दीमा पार्टीको नवौं महाधिवेशन सामना सांस्कृतिक अभियान २०७९ कार्यक्रम सम्पन्न गरेको छ । लालबन्दी स्थित केएफसी किचेन होटलको प्राङ्गणमा सो पार्टीका नेता आरोह नेपालीको अध्यक्षतामा अभियान कार्यक्रम आयोजना गरेको होे ।
सो कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले अहिलेको संसदीय व्यवस्था नै खारेज गर्नुपर्ने बताएका छन् । उनीहरुले नेपालमा संसदीय व्यवस्था रहँदासम्म नेपाली जनताले दुःख कष्ट पाईनै रहने बताए ।
उनीहरुले संसदीय व्यवस्थामा अहिलेका दलाल पूँजीवादहरुले गर्दा प्रत्येक वर्ष रोजगारी न पाएर लाखौं यूवाहरु विदेश पलायन हुनुपरेको बताए । उनीहरुले १० वर्षे जनयुद्ध पश्चात पनि माओवादीले जुन सपना बोकेर बन्दुक बोकेको थियो, त्यो अझै पनि पुरा हुन नसकेको र नेपाली जनताको अवस्था अझै पनि दयनीय रहेको बताए ।
जनयुद्धका बेला माओवादीले जनताका माझमा गरेको बाचा संसदीय व्यवस्थालाई रोजेर सत्तामा पुगेपछि भुलेको बताए । उनीहरुले भने, ‘जनताको जीवन अझै बदलिएको छैन । राणाको ठाउँमा पञ्च, पञ्चको ठाउँमा बहुदलवादी, बहुदलवादीको ठाउँमा प्रजातंत्र अथवा कांग्रेस, एमाले, माओवादी जो जो आएपनि नेपालीको जनताको अवस्था कहिले सुध्रिन सकेन । यो संसदीय व्यवस्था भनेको जनतालाई रुवाईराख्ने, दबाई राख्ने, लूटी राख्ने, दलालहरुको व्यवस्था हो । यो व्यवस्था नफाल्दा सम्मा यिनीहरुले जनतामाथि राष्ट्रघात थुपारी रहन्छन् ।’
उनीहरुले राज्य तीन बुँदे सहमतिप्रति इमान्दार नबनेको भन्दै सहमति कार्यान्वयमा जोड दिए । उनीहरुले जेलमा भएका आफ्ना पार्टीका नेताकार्यकर्ताहरुको तत्काल रिहाई गर्न माग समेत गरे ।
आफूहरुमाथि लागेको प्रतिबन्ध तीन बँुदे सहमति पछि फुकुवा भएको भएपनि अहिले फेरी सरकारले आफूहरुमाथि धरपकडको प्रयास गरेको उनीहरुको दाबी छ ।