?????????????????????????????????????????????????????????
भाईरल पोष्ट, चन्द्रनगर ।। नेकपा माओवादी केन्द्रको चन्द्रनगर गाउँ कमिटिले पनि संघ तथा प्रदेशसभा सदस्यका लागि उमेदवारहरुको नाम सिफारिस गरेको छ ।
मंगलवार सो पार्टीको चन्द्रनगर गाउँकमिटीको सचिवालय बैठकले संघीय संसदको उमेदवारका लागि प्रत्यक्षतर्फ प्रह्लाद बुढाथोकी, सन्तोष दाहाल र लुमडी प्रसाद धिमालको नाम सिफारिस गरेको छ । लालबन्दी नगरकमिटिले धिमालको नाम प्रदेश (ख) मा राखेको भएपनि चन्द्रनगर गाउँकमिटीले भने संघीय संसदकै लागि धिमाललाई सिफारिस गरेको छ ।
त्यस्तै सचिवालय बैठकले संघीय संसदकै समानुपातिक तर्फ सावित्रा कुमारी कार्की, अरुण बराईली र लक्ष्मण महतो गरी तीन जनाकै नाम सिफारिस गरेको छ ।
बैठकले प्रदेशसभा तर्फ पनि प्रत्यक्ष र समानुपातिक उमेदवारहरुको नाम पनि सिफारिस गरेको छ ।
जसमा प्रत्यक्ष तर्फ लोकेन्द्र मुखिया, राचन्द्रसिंह कुशवाहा र रामपृत राय यादव तथा समानुपातिक तर्फ उत्तम कुमारी यादव, नवल किशोर राय यादव र सावित्रीदेवी साहको नाम सिफारिस गरेको माओवादी नेता नविन यादवले जानकारी दिनुभएको छ ।