भाईरल पोष्ट, लालबन्दी ।। नेकपा एमालेको लालबन्दी नगर कमिटीका सचिव उमेश अचार्यको नाम प्रदेशसभा सदस्यको लागि प्रत्यक्षतर्फ सिफारिस भएको छ ।
आईतबार लालबन्दी ६ स्थित मदनआश्रित भवनमा भएको क्षेत्रीय कमिटीको विस्तारित वैठकले सिफारिस गरेकामध्ये क्षेत्र नम्बर १ को प्रदेशसभा तर्फ प्रदेश (ख) मा नगर सचिव आचार्यको नाम पनि सिफारिस भएको हो ।
प्रदेशसभा (ख) मा सिफारिसमा परेका आचार्यसहित क्षेत्र नम्बर १ को संघीय संसद र प्रदेश क र ख कै सबै नाम सोमबार बसेको बैठकले अनुमोदन गरेर जिल्ला पठाएको छ ।
क्षेत्रीय कमिटीले सिफारिस गरेका नामहरु जिल्लाकमिटीले प्रदेश कमिटीमा पठाउनेछ भने प्रदेश कमिटीले आवश्यक छलफल गरी केन्द्रमा पठाउनेछ ।
को हुन् उमेश आचार्य ?
उमेश आचार्य नेकपा एमालेका लालबन्दी नगरकमिटीका सचिव हुनुहुन्छ । उहाँले २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा लालबन्दी नगरपालिका १७ मा सबैभन्दा बढी पपुलर मत ल्याएर वडा सदस्यमा जित्नुभएको थियो ।
वडा सदस्य पदमा रहँदा उहाँले राज्यले दिने सेवासुविधाबाट थुप्रै समाजसेवाका कामहरु गर्नुभएको छ । जस्तो कि उहाँले वडा नम्बर १७ मा रहेको कालिन्जोर माविमा गेट लगाईदिनुभएको थियो भने वडा नम्बर १६ स्थित तिनघरे माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गर्नुभएको थियो ।
शिक्षा अभियन्ताको परिचय बनाउनुभएका आचार्यले लालबन्दीस्थित जनज्योती बहुमुखि क्याम्पस व्यवस्थापन समितको सदस्य तथा छात्रवृति उपसमितिका संयोजक समेत हुनुहुन्छ ।
निकै लामो समय विभिन्न वस्तीमा निजी विद्यालय खोलेर शिक्षा क्षेत्रमा अमूल्य योगदान समेत दिनुभएका नेता आचार्य गएको स्थानीय तहमा पपुलर मतका साथ वडासदस्यमा निर्वाचित भएयता निकै लोकप्रिय बन्नुभएको छ ।
पछिल्लो समय पार्टीको नगरकमिटी सचिव हुनुभएका उहाँ आफूले स्थानीय तहमा वडा सदस्यमा पाएको मतको आधारमा हेर्दा पनि यहाँका जनताले आफूलाई प्रदेशसभामा पनि जिताउने दाबी गर्नुहुन्छ ।
‘अहिले जुनसुकै पार्टीमा नयाँ, यूवा र शिक्षित उमेदवारको खोजी भईरहेको बेला नेकपा एमालेबाट मेरो नाम पनि सिफारिस हुनुले एमालेले पनि शिक्षित, बौद्धिक र यूवालाई नै अघि बढाउन चाहेको देखिन्छ ।’, नेता आचार्यले भन्नुभयो, ‘यसर्थ पार्टीले टिकट वितरणमा विचार गर्नेछ भन्नेमा म विश्वस्त छु ।’
उहाँले आफू सबै वर्ग र समुदायका मानिसहरुसँग घुलमिल हुने गरेको कारण पनि जनताले अपार माया गर्नुभएको बताउनुभयो । यूवा, शिक्षित, बौद्धिक र पार्टी, देश र जनताका लागि केही गरौं भन्ने निस्वार्थ भवनाले आफू पार्टीमा लागेकोले पार्टीमा आफूले गरेको योगदानको उचित मूल्यांकन हुने विश्वास व्यक्त गर्नुभयो ।