भाईरल पोष्ट, मलंगवा ।। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा सर्लाही ४ बाट संघीय संसदको लागि सिफारिस हुनुभएको छ ।
आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट संघीय संसदको उमेदवारका लागि महामन्त्री थापाको एकल नाम सर्वसम्मत सिफारिस गरिएको नेपाली काँग्रेसले जनाएको छ ।
तर गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित हालका सांसद अम्रेस कुमार सिंहको नाम भने सिफारिस भएको छैन ‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सभापति सुरेन्द्र सिंहले भन्नुभयो,‘महामन्त्री थापालाई सर्लाहीका चार नम्बर ४ का जनताले यहाँबाट चुनाव लड्न माग गरेपछि थापाकै नाम सर्वसम्मत सिफारिस गरेका हौं ।’
त्यस्तै, प्रदेश सभा सदस्यका लागि ४(क) को प्रत्यक्षमा मधेश प्रदेशका पार्टी उपसभापति एवम् प्रदेश सरकारका महिला, बालवालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहको पनि एकल सिफारिस परेका छ ।