भाईरल पोष्ट, लालबन्दी ।। नेकपा एमाले जिल्ला कमिटी सर्लाहीका उपसचिव प्रकाश थापा प्रदेशसभा सदस्य उमेदवारको लागि सिफारिसमा पर्नुभएको छ ।
आगामी मंसीर ४ गते हुने आम चुनावमा प्रदेशसभा सदस्यका लागि उहाँको नाम सर्लाही क्षेत्र नम्बर १ को (ख)बाट सिफारिस भएको हो ।
नेकपा एमाले क्षेत्रीय कमिटीको आईतबारको विस्तारित बैठकले जिल्लाको उत्तरी क्षेत्रमा रहेर नेकपा एमालेमा सक्रियतापूर्वक लाग्नुभएका उहाँलाई प्रदेशसभा सदस्य उमेदवारको लागि नाम सिफारिस गरेको हो ।
किसान संगठनसहित पार्टीको विभिन्न भातृ संगठन हुँदै हाल पार्टीको जिल्ला उपसचिव हुनुभएका थापा पहिलो पटक प्रदेशसभा सदस्य उमेदवारको लागि सिफारिस हुनुभए पछि उत्साहित हुनुभएको छ । ‘अब पार्टीले नाम सिफारिस गरेको छ । मसहित थुप्रै साथीहरुको नाम सिफारिस भएकोले पार्टीले टिकट कस्लाई दिन्छ त्यो महत्वपूर्ण हो । यदि पार्टीले मलाई विश्वास गरेर टिकट दियो भने प्रदेश सांसद भएर यस क्षेत्रका जनताको सेवामा लाग्नेछु ।’, उत्साहित बन्नुहुँदै उपसचिव थापाले भन्नुभयो ।
उहाँले पार्टीले भूगोल, क्षेत्र र पार्टीमा दिएको योगदानलाई समेत मूल्यांकन गरेर टिकट दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उत्तरी क्षेत्र विशेषगरी लालबन्दी नगरपालिकाको १५ र १६ नम्बरबाट अहिलेसम्म कसैको नाम पनि यसरी संसद पदको उमेदवारमा सिफारिस भएको थिएन । अहिले मेरो नाम सिफारिस भएर गएपछि यहाँका जनतामात्रै नभई प्रदेश क्षेत्रवासी जनताले खुशि व्यक्त गरिरहनुभएको छ ।
उहाँले नेकपा एमाले आफैमा ठुलो र जनताको पार्टी भएकोले यसपटकको चुनावमा संघ र प्रदेशमा बहुमतले विजय हुने भन्नुहुँदै आफूले पनि चुनाव जित्ने दाबी गर्नुभयो ।
क्षेत्रीय कमिटिको विस्तारीत बैठकले उपसचिव थापासहित प्रदेशसभा (ख)का लागि एक दर्जनबढी नेताहरुको नाम सिफारिस गरेको छ ।