भाईरल पोष्ट, लालबन्दी ।। आगामी मंसीर ४ गते हुने संघ र प्रदेश सभा सदस्य चुनावका लागि नेपाली काँग्रेस सर्लाही क्षेत्र नम्बर १ बाट उमेदवारहरुको नाम सिफारिस भएको छ ।
काँग्रेस क्षेत्रीय समितिले क्षेत्र नम्बर १ बाट संघीय संसदका लागि संविधानसभा सदस्य रामचन्द्र चौधरी, पूर्वमन्त्री एवम् दोश्रो संविधानसभा सदस्य शम्भुलाल श्रेष्ठ, काँग्रेस नेता शिव कुमार गुर्मछाने र नेता उद्धव प्रसाद पौडेलको नाम सिफारिस गरेको छ ।
त्यस्तै संघीय संसदको लागि समानुपातिक उमेदवारहरुको नाम पनि सिफारिस भएको छ । जसमा अल्पसंख्यकबाट सत्यदेव प्रसाद सिंह, महिलाबाट नेतृ शुशीला कार्की, खुल्लातर्फ भवानी कोईराला र सुरेन्द्र बहादुर प्रधान, मधेशीबाट रजनीकान्त झा र मधेशी महिलाबाट मरनीदेवी साहको नाम सिफारिस भएको छ ।
त्यस्तै क्षेत्रीय समितिले प्रदेशसभा अन्तर्गत प्रदेश (क) र प्रदेश(ख) का लागि पनि प्रत्यक्ष र समानुपातिक सदस्यका लागि सम्भावित उमेदवारहरुको नाम सिफारिस गरेको छ । जस अन्तर्गत प्रदेश (क) को प्रत्यक्षतर्फ प्रमोद बराल, रामनारायण सिंह र रामप्रसाद महतोको नाम सिफारिस भएको छ भने प्रदेश(क) तर्फ नै समानुपातिक सदस्यका लागि जनजातीबाट हरि बहादुर लुंगेली र भुवन बहादुर सुस्लिङ्ग, थारुबाट सुबदार चौधरी, महिलाबाट शुशीलादेवी चौधरी, मुस्लिमबाट विकाउ मियाँ को नाम सिफारिस गरेको छ । त्यसैगरी मधेशीबाट मनोज कुमार साह, महेन्द्र महतो, फकिरा साह, मधेशी महिलाबाट अनिता साह, दलितबाट महरा चमार, दलित महिलाबाट अप्सरा परियारको नाम सिफारिस भएको छ ।
त्यस्तै क्षेत्रीय समितिले प्रदेश (ख) तर्फ पनि प्रत्यक्ष र समानुपातिक उमेदवारहरुको नाम सिफारिस गरेको छ । जसमा प्रत्यक्षतर्फ अमिरी चौधरी, अमृत बहादुर बोम्जन, कुबेर आचार्य, दिपक अधिकारी, धर्मलाल राय, प्रमोद बराल, विश्वमित्र रिजा, विष्णुमणि घिमिरे, शेख सबदुल्लाह, सुदेश ढुंगाना, सिताराम दाहाल र योगराज देवकोटाको नाम सिफारिस भएको छ ।
त्यस्तै प्रदेश (ख) तर्फ नै समानुपातिक उमेदवारहरुको सम्भावित नाम पनि सिफारिस भएको छ । जसमा खसआर्यबाट बालकिशोर थापा, शर्मिला थापा र सुरेन्द्र न्यौपाने, जनजातीबाट छोईसाल माया घलान, पम्फा लामा, लिल बहादुर गोले र हरिबहादुर लुंगेलीको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ नै मधेशीबाट उमाशंकर साह, रामप्रमोद महतो, रिन्कु कुमारी महतो, विष्णु राय यादव, मुस्लिमबाट सहनाज बेगम, थारुबाट उदय नारायण चौधरी, दलितबाट ईश्कीलाल पासवान, जुना परियार, अल्पसंख्यकबाट तसबीर बहादुर भुजेल, खुल्लाबाट कन्चन साह, उमेश थोकर, दिनेश महतो, मन्दिरा आचार्य, राधा घिमिरे, रेखा जोशीको नाम पनि सिफारिस भएको छ ।त्यस्तै अपांगबाट नरहरी गौतम र जनजातीबाटै लक्ष्मीगोले प्रधानको नाम पनि सिफारिस भएको छ ।
क्षेत्रीय समितिले जिल्ला कार्यसमितिको भाद्र १२ गतेको पत्र र केन्द्रीय कार्यालयको भाद्र ९ गतेको चलानी नम्बर ३७ को निर्देशन अनुसार क्षेत्रीय समितिको भाद्र १७ गतेको वैठकबाट उल्लेखित नामहरु सिफारिस गरेको जनाएको छ ।
क्षेत्रीय समितिका सभापति हरिबहादुर लुंगेलीले हिजै सिफारिस गरिएका नामहरु जिल्ला कार्यसमितिलाई बुझाउनुभएको छ ।