भाईरल पोष्ट, लालबन्दी ।।
जिल्लाकै ठुलो र व्यापारीक तथा शैक्षिक हबको रुपमा स्थापित लालबन्दी नगरपालिकामा मेघा विद्यालय सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।
मेघा विद्यालय सञ्चालनको लागि नगरपालिकाले सम्भाव्यता अध्ययनको लागि विभिन्न व्यक्तित्वहरु सम्मिलित समिति समेत चयन गरेको छ ।
नगरपालिकाले बनाएको समितिको संयोजकमा पूर्व विद्यालय निरीक्षक समेत रहनुभएकी काँग्रेस नेतृ लक्ष्मी गोले प्रधान मनोनित हुनुभएको छ । गोलेलाई उक्त सम्भाव्यता अध्ययन समितिको संयोजकमा मनोनयन गरेको नगरपालिकाले पत्र मार्फत जानकारी गराएको छ । नगरकार्यपालिकाको भाद्र ९ गते बसेको बैठकले सम्भाव्यता समिति बनाउने निर्णय गरे अनुरुप नै गोलेलाई उक्त सम्भाव्यता अध्ययन समितिको संयोजक मनोनयन गरिएको लालबन्दी नगरपालिकाको कार्यालयले जनाएको छ ।
समितिको सदस्यमा यहाँका पुराना व्यवसायी समेत रहनुभएका शालिग्राम लम्साल लगायतलाई मनोनयन गरिएको पनि नगरपालिकाले जनाएको छ ।