भाईरल पोष्ट, लालबन्दी ।।
कवि तथा साहित्यकार नबराज लम्सालसहित झण्डै एक दर्जन राष्ट्रिय स्तरका कवि तथा साहित्यकारहरु आज सर्लाही आउनुहुने भएको छ ।
लालबन्दी नगर बाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार २०७९ एवम् पुस्तक विमोचन समारोहमा सहभागि हुन कवि तथा साहित्यकार लम्सालसहित प्रा.जगत्प्रसाद पौडेल, प्रा.डा. हेमनाथ पौडेल, कवि तथा गीतकार दिने अधिकारी, शशी लुलुम्बू, अच्यूत घिमिरे‘बुलबुल’, गैरे सुरेश, गोपाल अश्क, धनेन्द्र ओझा, सुरेश सुवेदी लालबन्दी आउन लाग्नुभएको हो ।
लालबन्दीस्थित जनज्योती बहुमुखि क्याम्पसमा आयोजना हुने उक्त कार्यक्रमका अवसरमा कवि तथा साहित्यकार नवराज लम्साललाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ । कवि तथा साहित्यकार लम्सालको अग्नि पुस्तकका लागि परिषदले लम्साललाई ५० हजार राशिको पुरस्कार प्रदान गरेको छ ।